Hi quest ,  welcome  |  Sign Up  |  Register Now  |  Need Help ?

जिल्ला स्तरीय क्रिकेटको उपाधी रेसुंगा युवा क्लबलाई

Posted By Admin on Sunday, January 29, 2012 | 7:43:00 PM


घनश्याम गौतम
तेस्रो जिल्ला स्तरिय क्रिकेट प्रतियोगिताको उपाधी रेसुंगा युवा क्लबले हात पारेको छ ।
टस जितेर फिल्डिङ्गमा उत्रेको रेसुंगा युवा क्लबले प्रतिस्पर्धी नव दिपज्योती युवा क्लब सिमिचौरलाई अन्तिम ओभरमा अल आउट गर्दै ९४ रनमा सिमित गराएको थियो । ९५ रनको लक्ष्य लिएर मैदानमा उत्रेको रेसुंगा युवा क्लबका लागि त्रिदेव कार्कीले सर्वाधिक ५२ रनको योगदान गरे ।
रेसुंगा युवा क्लबले १४ ओभरमै ८ विकेटको जित हासिल गरेको थियो । जितसंगै क्लबले २० हजार रुपैंया नगद, ट्रफि र प्रमाणपत्र हात पारेको आयोजक क्रिकेट एशोसियसन अफ नेपाल गुल्मी शाखाका कोषाध्यक्ष राजु कुंवरले बताए । जितका लागि रेसुंगाका किरण बुढाथोकीले ३ विकेट, त्रिवेद कार्कीले २ र सुमन टण्डनले १ विकेट लिएका थिए । नव दिपज्योतिका लागि क्याप्टेन विष्णु कुंवरले २८ रन जोडेका थिए ।
क्यानका अध्यक्ष श्याम क्षेत्रीका अनुसार जिल्ला भरबाट २२ टिम सहभागी प्रतियोगितामा स्मार्ट च्यम्प क्रिकेट टिम तम्घासका खेलाडी अमृत कुंवरले एकै म्याचमा ७ विकेट लिए । उनले नव प्रगतिशिल युवा क्लब दरबारदेविस्थानलाई १४ रनको सबै भन्दा लो स्कोरमा सिमित गराए । त्यस्तै प्रतियोगितामा नव दिपज्योति युवा क्लब सिमिचौरका ध्रुव राना बेष्ट ब्याटमेन बने । रानाले सिरिजमा १ सय ७४ रनको योगदान गरे ।
स्मार्ट च्वाईस ग्लोबल एजुकेशन, तम्घास मुख्य प्रायोजन गरेको तियोगिताको मेन अफ दि सिरिज रेसंगाकै त्रिवेद कार्की बने । कार्कीले महत्वपूर्ण १० विकेट लिंदै प्रतियोगितामा १ सय ५२ रन जोडेका थिए । प्रतियोगितामा ११ विकेट लिंदै बेष्ट बलर पनि रेसुंगाकै किरण बुढाथोकी बने ।
आयोजकका अनुसार प्रतियोगित २२ टिम मध्ये रेसुंगा, नव दिपज्योती, विरबास युवा क्लब बिरबास र भ्यालीज इलाभेन युवा क्लब तम्घास सेमी फाइनलमा प्रवेश गरेका थिए । बिजयी खेलाडीहरुलाई प्रमुख जिल्ला अधिकारी कबिन्द्र ने पालले पुरस्कार तथा प्रमाणपत्र वितरण गरेका थिए ।
7:43:00 PM | 0 प्रतिकृयाहरु

सुस्त श्रवण वालवालीकाहरुकालागि सामग्रि हस्तान्तरण


जनार्दन घिमिरे
गुल्मीको सदरमुकाम तम्घास स्थित उपल्लो तम्घास माध्यमिक विद्यालयमा अध्यनरत सुस्त श्रवण तथा वहिरा वालवालीकाहरुकालागि आज एक कार्यक्रमका वीच १२ थान बल्याङ्केट तथा रासन सामग्रि वितरण गरिएको छ । धागिथुम स्थित कालीदत्त गुल्मको सहयोगमा प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी कविन्द्र नेपालले उक्त सामग्रि विद्यार्थीहरुलाई हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नेपालले कालीदत्त गुल्मले यस्ता प्रकारका वालवालीकाहरुकालागि गरेको सहयोग अत्यन्त सह्रानीय भएको भन्दै अपाङ्ग वाललीकाहरुकालागि सवैले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको थियो ।
हस्तान्तरण कार्यक्रममा कालीदत्त गुल्मका गुल्मपति सन्तोषकुमार थापाले आफुले गरेको सहयोग कहि कतैवाट प्राप्त गरेको नभई नितान्त गुल्मको रासन खर्चवाट केही वचाएर जम्मा गरेको रकमवाट उक्त सहयोग गरेको वताउनु भयो । उहाँले समाजमा अपाङ्गतालाई हेर्ने दृष्टिकोणमा परिवर्तनगरि सहयोग गर्न सकेमा उनीहरुलाई सानो सहयोगले पनि ठूलो फाइदा पुग्ने उहाँले वताउनु भयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पन्थीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रहरी नायव उपरीक्षक राजकुमार वैदवार, नेपाल प्रेस युनियनका केन्द्रिय सदश्य तथा रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे, विद्यालयका प्राधानाध्यापक गणेश वहादुर अधिकारी, अभिभावक संघका अध्यक्ष छवि पाण्डे लगायत, शिक्षक, शिक्षिका तथा छात्रछात्राहरुको सहभागिता रहेको थियो । कार्यक्रम विद्यालयका श्रोत शिक्षक राममणी पन्थीको स्वागत मन्तव्य र शिक्षक रामवहादुर वस्नेतको संचालनमा सम्पन्न भएको थियो ।
7:42:00 PM | 0 प्रतिकृयाहरु

बागलुङ दुदिलाभाटी हुदै गुल्मी शान्तिपुर जोड्ने सडक निर्माणमा तिब्रता


बागलुङको दुदिलाभाटी हुग्दिशिर हुदै गुल्मीको शान्तिपुर जोड्ने सडक निर्माण कार्यलाई तिव्र गतिमा अघि बढाइएको छ । गाँउ विकास समितिको २३ लाख, जिल्ला विकास समितिको ९ लाख र भौतिक योजना मन्त्रालयको अन्तर जिल्ला जोड्ने सडक योजना अन्र्तगतको १३ लाख गरी कुल ४५ लाखको लागतमा निर्माण कार्य अघि बढाइएको छ ।
गत पुस २० गतेदेखी दुदिलाभाटीबाट पेरिबाङको देउराली हुदै निर्माण शुरु गरिएको सडक अहिले हुग्दिशिरको वडा नम्बर ७ खाल्टेखर्कमा पुगेको छ ।
उक्त सडक निर्माण भएपछि सुनौली पोखरा हुदै बागलुङ दुदिलाभाटी जाने सडक भन्दा सुनौलीबाट पाल्पा रिडी, गुल्मीको शान्तिपृुर हुदै दुदिलाभाटी जाने सडक १ सय ३३ किलोमिटर छोटो हुने दुदिलाभाटी–शान्तिपुर मोटरबाटो निर्माण उपभोक्ता समितिका कोषाध्यक्ष बमबहादुर गुरुङले बताए ।
अहिले सो सडक खण्डको करिब २ किलोमिटर मोटरबाटो निर्माण कार्य सम्पन्न भइसकेको र हुग्दीशिरको बाराहाकोटदेखी खाल्टेखर्क सम्मको ६ किलोमिटर सडक निर्माण सम्पन्न भए सिधा गुल्मीको शान्तिपुर जोडिने गुरुङले बताए ।
दुदिलाभाटी हुग्दिशिर हुदै शान्तिपुर जोडिएमा बिशेष गरी दुदिलाभाटी, हुग्दिशिर र गुल्मीको शान्तिपुरका बासिन्दा लाभान्वित हुने समितिले जनाएको छ ।
4:05:00 PM | 0 प्रतिकृयाहरु

ट्वान्टी ट्वान्टी क्रिकेट रेसुङ्गा युवा क्लबको पोल्टामा

Posted By Admin on Saturday, January 28, 2012 | 11:53:00 PM


मनोज बस्नेत
गुल्मीको सदरमुकाम तम्घासमा सञ्चालन भएको खुल्ला जिल्ला स्तरीय ट्वान्टी ट्वान्टी क्रिकेट प्रतियोगितामा रेशुङ्गा युवा क्लब तम्घासले जित हासीँल गरेको छ । नवदिप युवा क्लब सिमीचौरलाई हराउँदै रेसुङ्गा युवा क्लब प्रतियोगितको बिजेता बनेको हो । जित सगैँ रेशुङ्गा युवा क्लबले नगद २० हजार नगद, मेडल र ट्रफी प्राप्त गरेको छ । प्रतियोगितको बेष्ट व्याष्ट म्यान नवपदि युवा क्लबका ध्रुब राना, बेष्ट बलर रेसुङ्गा युवा क्लबका कीरण बुढाथोकी र म्यान अफ द सिरीज रेसुङ्ग युवा क्लबका त्रिदेव कार्की भएका छन् । प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपालको प्रमुख आतिथ्यता रहेको प्रतियोगितको समापन कार्यक्रममा कालिदत्त गुल्मका गुल्म पति सन्तोष कुमार थापा, प्रहरी नायव उपरिक्षक राजकुमार बैदबार, स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल लगाएतको उपस्थिती रहेको थियो ।
आयोजक क्रिकेट एसोशियन अफ नेपाल गुल्मीका अध्यक्ष श्याम क्षेत्रीको अध्यक्षता रहेको कार्यक्रको सञ्चालन सचिव भगत खड्काले गर्नुभएको थियो । गत ८ गतेदेखि गुल्मी तमघासको चिदीचौरमा प्रतियोगिता जारी रहेको थियो ।

11:53:00 PM | 0 प्रतिकृयाहरु

अगरबत्तीबाट सल्कीएको आगोले साढे ८ लाख बराबरको क्षती


मनोज बस्नेत
पुजा गर्न बालेको अगरबत्तीबाट सल्कीएको आगोले गुल्मीको इस्मा रजस्थलमा साढे ८ लाख बराबरको क्षती गराएको छ । इस्मा रजस्थल गाविसको वार्ड नम्बर ५ सिरारका नर बहादुर जिसीको ढुङ्गे बङगालोमा शनिबार बिहान आगोलागी भएको हो । आगालागीबाट बङगालोमा रहेको गरगहना, महत्वपुर्ण कागजातहरु नागरीकता, सर्टिफिकेट, मार्कसीट कपडा, घाँस लगाएतका सामाग्री जलेर नष्ट भएका छन् ।
स्थानीयबासीले समयमै उद्धार गरेकोले बाधिँएका पशुहरु भने सकुसल रहेका छन् । आगोलागीबाट ८ लाख ३५ हजार २ सय ५० रुपैँया बराबरको क्षती भएको घट्ना स्थलमा पुगेको पौँदीअमराई प्रहरी चौकी पौदिँअमराईलाई उदृत गर्दै स्थानीय पुर्णचन्द्र महतले जानकारी दिनुभएको छ । बङगालो पुर्ण रुपमा क्षती ग्रस्त भएपछी पशुहरुलाई अहिले हिउँदे गोठमा बाधिँएको छ ।
11:51:00 PM | 0 प्रतिकृयाहरु

तम्घासमा नाचौँ टु को अडिसन सम्पन्न


मनोज बस्नेत
लुम्बिनी अञ्चलमा हाल सम्मकै सर्वाधीक धनराशी पुरस्कार रहेको प्रथम खुल्ला अञ्चल स्तरीय एकल नृत्य प्रतियोगिता नाचौँ टु को अडिशन शनिबार गुल्मीको तम्घासमा सम्पन्न भएको छ । जिल्ला भरका ४३ जना प्रतियोगि सहभागी अडीशनमा २० जना प्रतियोगि मात्र अर्को राउनण्डमा प्रबेश गरेका छन् । प्रतियोगिताको दोस्रो राउण्ड रुपन्देहिको बुटबलमा सञ्चालन हुने छ ।
अडिशन राउण्डको मुख्य आयोजकको रुपमा सत्य शाही कला केन्द्र रहेको छ भने स्थानीय आयोजकको रुपमा रेशुङ्गा युवा क्लब तम्घास रहेको छ । प्रतियोगिताको चैतको पहिलो हप्ताबाट लुम्बीनी सामुदायिक टेलिभिजन रुपन्देहिले प्रत्यक्ष प्रशारण गर्ने जनाएको छ । यस अघि पाल्पा र अर्घाखाँचीमा अडिशन राउण्ड सम्पन्न भएका छन् ।
11:50:00 PM | 0 प्रतिकृयाहरु

यसरी पल्टियो तेल बोकेको ट्याङ्कर (फोटोहरु)


१२००० लिटर डिजेल बोकेर बुटवल देखी चोरकाटे तर्फ जाँदै गरेको ना २ ख ४०७५ नम्बरको ट्याङ्कर शनिबार बिहान रिडी-रुद्राबेणी सडक खण्डको साँघुरेमा दुर्घटना भएको छ । बिहान करिब पौने ४ बजे तिर दुर्घटनामा परेको उक्त ट्याङ्करमा रहेको डिजेल भने चुहिएर नष्ट भएको दुर्घटनास्थलबाट पाण्डव गौतमले जानकारी गराएका छन । ट्याङ्कर अत्यन्त साँघुरो स्थानमा पल्टिएको हुँदा शनिबार दिनभरी रिडी-रुद्राबेणी सडक अबरुद्द रह्यो । घटनाको जानकारी प्राप्त भए लगत्तै ईलाका प्रहरी कार्यालय रिडीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । अहिले सम्म दुर्घटनाको कारण थाहा हुन सकेको छैन त्यसैगरी दुर्घटनाबाट एक यात्रुलाई सामान्य चोटपटक लागेको भए पनि चालक र सवार अन्य सकुशल रहेको जानकारी प्राप्त भएको छ । थप विवरण प्राप्त भएमा अप्डेट गर्नेछु , अहिलेलाई हेरौँ दुर्घटनाग्रस्त ट्याङ्करको फोटोहरु:









7:15:00 PM | 0 प्रतिकृयाहरु

साताभरिका गतिबिधिहरु तस्बिरमा (फोटो फिचर)

गत १ हप्ताभरिका गुल्मी जिल्लामा भएका गतिबिधी तथा घटनाहरुको  फोटोहरु: 
धुर्कोट परमानन्द भण्डारी बहुमुखी क्याम्पसको तेस्रो साधारण सभाको शुक्रबार पानसमा पत्ती बालेर उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी कबिन्द्र नेपाल । फोटो: कृष्ण प्रसाद पोख्रेल  


सम्झना नेताको: नेपाली कांग्रेस गुल्मीका पुर्व सचिव फणिन्द्र भण्डारीको रहस्यमय मृत्युको १ वर्षको पुण्य तिथिको अवसरमा तम्घासको सहिद चोकमा शुक्रवार साँझ दिप प्रज्वलन गर्दै नेविसंघका नेता एवं कार्यकर्ताहरु । एक वर्ष अगाडी काठमाण्डौका एक होटलमा मृत अवस्थामा फेला परेका भण्डारीको मृत्युको कारण छानविन नहुँदा भण्डारी परिवार अझै पीडामै छ । तस्विर ः घनश्याम गौतम
तम्घासको महेन्द्र उच्च माविले तिन वर्ष देखि गर्दै आएको महेन्द्र ताराको यस वर्षको ताज पहिरिदै जयन्ती कुँवरले स्कुलको तिन हजार नगद, मेडल र प्रमाणपत्रसंगै थुप्रै पुरस्कार समेत हात पारिन । तस्बिर: घनश्याम गौतम
रिडी रुद्राबेणी सडक खण्ड अन्तर्गत साँघुरेमा आज शनिबार बिहान ट्याङ्कर दुर्घटना, १२००० लिटर डिजेल पोखिएर नष्ट, दिनभर सडक अबरुद्द । तस्बिर: पाण्डव गौतम
गुल्मी उद्योग वाणिज्य संघको साधरण सभामा उपस्थित अतिथिहरु । तस्बिर: कृष्ण प्रसाद पोख्रेल
गुल्मी जिल्लाकै पहिलो रेडियो स्टेशन रेडियो रेसुङ्गा प्रा. लि. तमघास गुल्मीको गत मंगलबार सम्पन्न पाँचौ साधारण सभा उपस्थित रेडियो सञ्चालक समितिका पदाधिकारी, शेयरधनी सदस्य लगायतका अतिथिहरु । तस्बिर: घनश्याम पौडेल
गुल्मीको अमरपुर स्थित श्री अमरपुर ओम प्रसाद गौतम उच्च माबिको स्वर्ण महोत्सबमा उपस्थित दर्शकहरुको भिड । तस्बिर: बैकुण्ठ महत
धैर्य नटुटोस: नेपाली कांग्रेस गुल्मीका पुर्व सचिव फणिन्द्र भण्डारीको रहस्यमय मृत्युको वार्षिक पुण्य स्मृति सभामा नेपाली काग्रेस गुल्मीले शनिबार गरेको सम्मान ग्रहण गर्दै स्वर्गिय भण्डारीकी धर्मपत्नी धना भण्डारी । तस्विर ः घनश्याम गौतम
 रहस्यमय मृत्युको एक वर्ष पुग्दा समेत मृत्युको कारण छानविन नहुँदा भण्डारी परिवार अझै पीडामै छ । भण्डारीको शब गत माघ १४ गते काठमाण्डौको एक होटलमा फेला परेको थियो । तस्विर ः घनश्याम गौतम
सम्झना नेताको: नेपाली कांग्रेस गुल्मीका पुर्व सचिव फणिन्द्र भण्डारीको रहस्यमय मृत्युको १ वर्षको पुण्य तिथिको अवसरमा तम्घासको सहिद चोकमा शुक्रवार साँझ दिप प्रज्वलन गर्दै नेविसंघका नेता एवं कार्यकर्ताहरु । एक वर्ष अगाडी काठमाण्डौका एक होटलमा मृत अवस्थामा फेला परेका भण्डारीको मृत्युको कारण छानविन नहुँदा भण्डारी परिवार अझै पीडामै छ । तस्विर ः घनश्याम गौतम
छेत्री समाज नेपालको जागरण अभियान अन्तर्गत गुल्मीको शान्तिपुरमा सम्पन्न पहिलो ईलाका भेलाको एक झलक । तस्बिर: तेजेन्द्र थापा
गुल्मीको शान्तिपुरमा मंगलबार सम्पन्न छेत्रीहरुको भेलालाई सम्बोधन गर्दै क्षेत्री समाज गुल्मिकी अध्यक्ष अमृता कुँवर । तस्बिर: तेजेन्द्र थापा
आफ्नो मागहरु पुरा नभए र जातिय आधारमा राज्य बिभाजन गरीए आफुहरु चुप लागेर नबस्ने बरु सबै जातिको अधिकार सुनिश्चित नभएको संबिधान जलाउने र ६०१ सभाषदरुलाई कालो मोसो दल्ने छेत्री समाजका अध्यक्ष यम बहादुर थापाले चेतावनी दिनु भएको छ । तस्विर: तेजेन्द्र थापा
गुल्मी शान्तिपुरमा आगो तापेर जाडो छल्दै स्थानियहरु । तस्बिर: तेजेन्द्र थापा
गुल्मी शान्तिपुरमा आगो तापेर जाडो छल्दै स्थानियहरु । तस्बिर: तेजेन्द्र थापा
6:32:00 PM | 0 प्रतिकृयाहरु

दस पाथी कोदोमा घरबारी लिलाम

शाहीमान राई
मानेभञ्ज्याङ ८ का ८८ वर्षीय ठोकबहादुर तामाङ परिवारले दस पाथी कोदोको समयमा सावाँव्याज बुझाउन नसक्दा जग्गाजमिन लिलाम भएको छ ।

मानेभञ्ज्याङ-७ का रामबहादुर खत्रीले २२ वर्षअघि तामाङ परिवारलाई दिएको दस पाथी कोदोको सावाँव्याज तिर्न नसकेपछि खेत र घरबारी लिलाम गरेका हुन् । उनीहरु आफ्नो घरबारी र खेत लिलाम भएको थाहा पाएपछि अत्तालिएका छन् । ऋण बुझाएर खेत उकास्न खोज्दा साहुले बेवास्ता गर्दै आएको गुनासो गरेका छन् । साहुले चलअचल सम्पतिबाट ऋण असुली गर्न जिल्ला अदालतमा मुद्दा दिएर फैसला भएको निरक्षर र दृष्टिबिहीन तामाङ परिवारले पत्तै पाएन । यतिका दिन चुप लागेर बसेका साहुले एक्कासि घरबारी छाड्न खवर पठाएपछि चकित बनेका हुन् ।

जिल्ला अदालतमा वास्तविकता बुझ्दा मुद्दाको प्रतिवादी नथापेकाले २०६५ सालमा एकपक्षीय फैसला गरी घरबारी र खेत खत्रीको नाममा गइसकेको थाहा पाए । ‘हामीलाई मुद्दा लगाएको थाहै भएन, कसैले भन्दा पनि भनेनन् ।’ जग्गाधनी थोकबहादुर तामाङका दृष्टिबिहीन छोरा राजमान तामाङले भने, ‘अदालतले हामीविरुद्ध एकपक्षीय फैसला गरेको रहेछ ।’

छिमेकी रामबहादुर खत्रीबाट २०४६ सालमा दस पाथी कोदो लिएको दृष्टिबिहीन तामाङले बताए । कोदोसँगै केही नगद पनि लिएकाले दुवैको सावाँव्याज गरी ४ हजार रुपैयाँ तिर्नुपर्थ्यो । त्यो पनि भाकामा तिर्न नसकेपछि २०५० पुस ९ गते सावाँ, व्याज र हर्जाना गरी दोब्बर ८ हजार रुपैयाँ कायम गरी घरबारी र खेत व्याज घटौनीमा भोकचास गर्न दिएका थिए । तर सोही सर्तनामा विपरीत २० हजार रुपैयाँ लिएको किर्ते तमसुक पेस गरी २०६० सालमा जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए । तामाङ र खत्रीबीच साक्षी रोहबरमा भएको सक्कली सर्तनामा पत्र सुरक्षित छ ।

अस्ति साउनमा एक्कासि घरबारी छाड्न खबर पठाएपछि मात्र थाहा पायौं,’ पीडित राजमान तामाङले भने, ‘खत्री भने देखा परेका छैनन्, भेटेरै कुरा गर्नु छ ।’ अदालतको फैसलाको आधारमा खत्रीले मालपोत कार्यालयबाट लालपूर्जा समेत आफ्नो नाममा पारिसकेका छन् । अदालतमा मुद्दा दिएर फैसला भएको वर्षौ बितिसक्दा पनि जान्ने बुझ्ने छरछिमेकी तथा सम्बन्धित निकायले जानकारी नगराएको पीडित तामाङले गुनासो गरे ।

सदरमुकाममा लेखापढी व्यावसाय गर्दै आएका खत्रीले तामाङको नाममा रहेको कित्ता नं २६ को घरबारी ९ रोपनी १२ आना २ पैसामध्ये ७ रोपनी र कित्ता नं ३८६ को खेतबारी ३ रोपनी ६ आना ३ पैसा गरी ११ रोपनी जग्गा आफ्नो नाममा पारिसकेका छन् । खेतमा १२ मुरी धान फल्छ । सरकारी मूल्यांकन अनुसार उक्त जग्गाको मूल्य खेततर्फ प्रतिरोपनी १६ हजार पाँच सय र पाखाबारी ९ हजार ९ सय रुपैयाँ छ । तर अदालतले २० हजार रुपैयाँको विगोमा तामाङ परिवारको सगोलमा रहेको जग्गाजमिन खत्रीको नाममा लिलाम गरेको छ । बैंकले चलअचल सम्पतिबाट धितो लिलाम गरेर ऋण अशुली गर्दा बढी मूल्यमा बिक्री भए बढी भएको रकम सम्बन्धित पक्षलाई फिर्ता दिने गर्छ । तर यहाँको अदालतले किर्ते कागजका आधारमा अन्यायपूर्ण फैसला गरेको पीडित परिवारले गुनासो गरेका छन् । अदालतले फैसला गरेको म्याद गुज्रिसकेकाले पुनरावेदन गर्न समेत नपाउने भएका छन् । साहु रामबहादुर खत्रीले भने कानुनबमोजिम तामाङको घरजग्गा आफ्नो नाममा आएको बताए । ऋण तिरेनन्, बेवास्ता गरे, मुद्दा दिएँ, जितें’ खत्रीले भने, ‘चलनचल्तीको मूल्य दिए जग्गा फिर्ता गर्छु ।’
(कान्तिपुर दैनिकबाट )
12:01:00 AM | 0 प्रतिकृयाहरु

फेरी पाइने भयो गुल्मीमा बिद्यार्थी छुट

Posted By Admin on Friday, January 27, 2012 | 8:56:00 PM


टोपलाल अर्याल
यातायातको साधनमा प्रभावकारी रुपमा लागु नभएको बिद्यार्थीले पाउनु पर्ने छुट गुल्मी जिल्लामा फेरी लागु हुने भएको छ । केहि समय देखि प्रभावकारी नदेखिएको यातायात सहुलियत पुन: लागु गर्ने बिषयमा जिल्लाका चार विद्यार्थी संगठन र यातायात व्यावसायी बिच शुक्रबार जिल्ला प्रशासन कार्यलय गुल्मीमा भएको बैठकले ठुला बसमा ४५ प्रतिशत ,जिपमा १५ प्रतिशत र रेसुङ्गा मिनी माइक्रोमा चार जना बिद्यार्थीलाई ४५ प्रतिशत छूट दिने सम्झौता भएको संगठनद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरीएको छ । क्रियाशिल विद्यार्थीको आन्दोलनद्धारा प्राप्त छुटको सवै बिद्यार्थीले उपभोग गर्न नेविसंघ जिल्ला सहसचिव सुर्दशन खनाल, अनेरास्ववियूका जिल्ला संयोजक ओम कार्की, अखिल क्रान्तीकारीका जिल्ला अध्यक्ष यदु ज्ञवाली, अखिल छैठौका सल्लाहकार योगेन्द्र काउछा साथै स्ववियू सभापति ज्ञान बहादुर महतद्धारा हस्ताक्षरीत संयुक्त प्रेस बिज्ञप्तीमा उल्लेख गरीएको छ ।
8:56:00 PM | 0 प्रतिकृयाहरु

चलचित्रका गीतहरु

Watch Lok Dohori NTV LIve TV Filmy Live

लोडसेडिङ तालिका

बारम्बार भईरहने सवारी दुर्घटनामा कस्को दोष देख्नुहुन्छ?

मनोरन्जन संसार

लोक-दोहरी गीतहरु

आधुनिक गीतहरु

नेपाली लोक भजनहरु

मिडिया पार्टनर