गुल्मीन्युजले साहित्य स्तम्भ अन्तर्गत तपाईंहरुका गीत, कविता, गजल, मुक्तक, कथा, अविस्मरणिय क्षण लगायतका लेख रचनाहरु प्रकाशित गर्ने जमर्को गरेको छ । तपाईं पनि आफ्नो लेख रचना गुल्मी न्युजमा छपाउन चहानुहुन्छ भने युनिकोड नेपालीमा टाईप गरेर gulmidarshan@gmail.comमा पठाउनुहोला । तपाईंका रचनाहरुले अवश्य स्थान पाउनेछन ।

Tuesday, November 3, 2009

२४ वर्षअघि लिएको २५ रूपियाँले अहिले पोल्यो

भारतीय एक अदालतले ७५ वर्षे डाक्टरलाइ २४ वर्षअघि २५ रूपियाँ भारू घुस लिएको अभियोगमा जेल हाल्ने आदेश दिएको छ अधिकारीहरूले जनाएका छन् ।

भारतीय प्रहरीले एक कूचिकारबाट सन् १९८५ मा बालगोविन्द प्रसाद नामक ती डाक्टरले २५ रूपियाँ (५१ अमेरिकी सेन्ट) घुस लिएको बताइएको छ । उनले त्यो घुस ती कूचिकारको मेडिकल सर्टिफिकेट बनाइदिएबापत लिएका थिए ।



त्यसो त सन् १९९२ मा यस घटनामा उनलाइ अदालतले दोषी करार गर्दै एक वर्षे जेल सजाय पनि सुनाएको थियो । त्यसबेला उनी धरौटीमा रिहा भएका थिए । तर गएको मंगलबार बिहारको उच्च न्यायालयले उनको एक वर्षे जेल सजाय घटाएर तीन महिनामा झारिदिएको छ । अदालतले भनेको छ, "घुसको रकम ज्यादै थोरै भएकाले त्यति थोरै रकमका लागि वर्ष दिनको जेल सजाय बढीका कारण त्यो घटाइ तीन महिनामा झारिएको छ ।"

तर अदालतले यो थोरै रूपियाँको भए पनि अपराध नै भएका हुनाले ती डाक्टरलाइ एक पटक हिरासतमा लिनै पर्ने आदेश दिएको छ ।

"थोरै पैसाको लेनदेन भएकाले अदालतले आफूलाइ सहजै छाड्ला भन्ने डाक्टरले ठानेका थिए, तर अदालते थोरैतिनो पैसा भनेर चाहिँ छाडेन भलै यो निर्णय गर्न २४ वर्षे समय लागोस्", सरकारी वकिल विपिनकुमार सिन्हाले रोयटर्सलाइ बताए ।

 तम्घासमा गिट्टी कुट्दै महिलाहरु । गिट्टी कुटेर उनीहरुले विहान बेलुकाको छाक टार्ने र छोराछोरी पढाउने गरेका छन् । फोटो : भरत पाण्डे (तस्बिर ठुलो साइजमा हेर्न तस्बिरमा क्लिक गर्नु होला)