गुल्मीन्युजले साहित्य स्तम्भ अन्तर्गत तपाईंहरुका गीत, कविता, गजल, मुक्तक, कथा, अविस्मरणिय क्षण लगायतका लेख रचनाहरु प्रकाशित गर्ने जमर्को गरेको छ । तपाईं पनि आफ्नो लेख रचना गुल्मी न्युजमा छपाउन चहानुहुन्छ भने युनिकोड नेपालीमा टाईप गरेर gulmidarshan@gmail.comमा पठाउनुहोला । तपाईंका रचनाहरुले अवश्य स्थान पाउनेछन ।
 तम्घासमा गिट्टी कुट्दै महिलाहरु । गिट्टी कुटेर उनीहरुले विहान बेलुकाको छाक टार्ने र छोराछोरी पढाउने गरेका छन् । फोटो : भरत पाण्डे (तस्बिर ठुलो साइजमा हेर्न तस्बिरमा क्लिक गर्नु होला)

Wednesday, November 4, 2009

साउदीबाट ८ नेपाली महिला आज स्वदेश फिर्दै

घरेलु महिलाको रुपमा कार्यरत रहेको अवस्थामा आर्थिक, शारिरीक तथा मानसिक समस्यामा परेर साउदी अरेवियास्थित नेपाली दुतावास पुगेका महिला मध्ये ८ जना आज दिउसो स्वदेश र्फकदै छन् ।साउदी अरेवियाको रियादबाट गए राती गल्फ एयरलाईन्समा उडेका ती महिलाहरु अहिले विहान बहराईन हुँदै दिउसो २ः ४५ -पौने ३ )बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमान अबतरण हुँदै छन् घर र्फकने महिलाहरुमा सुनसरी महेन्द्रनगरकी कमली मुसहर, कपिलबस्तु गुगौलीकी अमृता मगर कार्की, इलाम फिक्कलकी दीक्षा लिम्बु, नेपालगंजकी गंगादेवी खत्री, सिन्धुपाल्चोक दुस्कुनकी डोल्मा शेर्पा, नवलपरासी चिसापानीकी मनकली पुन, नवलपरासी चोरमाराकी एलिसा विक र स्याङ्जाकी लक्ष्मी भट्टराई छन् ।

यी मध्ये कमली मुसहर र लक्ष्मी भट्टराई विरामी समेत भएको दुतावासले जनाएको छसाउदीस्थित नेपाली दुतावासका प्रथम सचिव खड्गप्रसाद दहालका अनुसार उनीहरुको लागि आवश्यक हवाई टीकट मध्ये केही महिला आफै, केही आफन्त र दुई जनालाई दुतावासले उपलब्ध गराएर स्वदेश पठाएको हो ।

फर्किने महिला मध्ये एक महिनादेखि तीन वर्षसम्म साउदीमा काम गर्दा गर्दै पीडित भएपछि भागेर दुतावास पुगेका हुन् । साउदी दुतावास र साउदीकै महिला घर फीर्ति केन्द्र गरी अझै २१ महिला स्वदेश फर्किने प्रतिक्षा गर्दै बसेका छन् ।

दुतावासले उनीहरुलाई पनि स्वेदेश फर्काउन तयारी गरी रहेको जनाएको छ । सरकारले खाडी मुलुकमा घरेलु कामदारको रुपमा महिलालाई जान रोक लगाए पनि दलालहरुले भारतको दिल्ली र बम्बई हुँदै उनीहरुलाई साउदी अरेविया पुर्‍याएका थिए ।

पाहुनाको पालो: लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरो

फोटो:  धुर्ब के.सी 
गुल्मी जिल्लाको तुराङ १ स्थित मजुवा बजार साथै पृष्‍ठभुमिमा रुपाकोटको रामकोट र सिद्दको थानको डाँडा । (तस्बिर ठुलो साइजमा हेर्न तस्बिरमा क्लिक गर्नु होला)