गुल्मीन्युजले साहित्य स्तम्भ अन्तर्गत तपाईंहरुका गीत, कविता, गजल, मुक्तक, कथा, अविस्मरणिय क्षण लगायतका लेख रचनाहरु प्रकाशित गर्ने जमर्को गरेको छ । तपाईं पनि आफ्नो लेख रचना गुल्मी न्युजमा छपाउन चहानुहुन्छ भने युनिकोड नेपालीमा टाईप गरेर gulmidarshan@gmail.comमा पठाउनुहोला । तपाईंका रचनाहरुले अवश्य स्थान पाउनेछन ।

दौरा सुरुवाल र भादगाउँले टोपी लगाइ रेशम फिरिरी गाउँदा ....

"यत्रो भईयो अहिले सम्म लगाएको थिईन यार दौरासुरुवाल, आज फर्स्ट टाइम.....", साथी सुमनले इस्ट कोटको बाटन लगाँउदै भने । मैले उ तिर हेर्दै भनेँ "मैले पनि आज पहिलो पटक नै लगाँउदै छु, कस्तो कस्तो लगिरहेछ ।"
"अफ्ट्यारो मान्नु पर्दैन दामी सुहाएको छ", पछाडि अड्केको दौराको फेरो मिलाइदिदै लवले भन्यो । ड्रेसिङ रूम मै रहेको ऐना तिरै फर्केर यसो हेरेको ठिकै देखिएको रहेछ । सुमन, बिकेश र म तिनै जना दौरासुरुवाल र टोपी लगाएर स्टल तर्फ लाग्यौँ । त्यतिन्जेल हाम्रो नेपाली स्टल तयार भईसकेको रहेछ । अरु नेपाली साथीहरु पनि Mount Everest, Top of The World, Kathmandu, Nepal जस्ता टेक्स्ट र नेपालको झन्डा,नक्सा अनी सगरमाथा प्रिन्ट भएको टिसर्ट र क्रस खुकुरी अंकित ढाका टोपी लगाइ नेपाली स्टल वरीपरी जम्मा भईसकेका थिए । केही बेरमै लक्ष्मी पनि कालो सारी र ब्लाउजमा चिटिक्क परेर आईहालिन । बाँकी यता...

Saturday, November 14, 2009

बेरोजगार घोडालाई मासिक १५ हजार

घनश्याम गौतम
बिनाकामको एक घोडालाई सरकारले मासिक १५ हजारभन्दा बढी रुपैयाँ खर्च उपलब्ध गराउँदै आएको छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । तर जिल्ला प्रहरी कार्यालयमा रहेको एक घोडालाई उपभोगबिना पनि यति धेरै लगानी गरी पालिँदै आएको हो ।

उक्त घोडाको मासिक खाना खर्च मात्र नौ हजारभन्दा बढी रहेको रासन ठेकेदार वीरेन्द्र भुसालले बताए । त्योबाहेक रेखदेख र हेरचाहका लागि सरकारले एक जना 'सयस' (घोडा हेर्ने व्यक्ति) को छुट्टै व्यवस्था गरेको छ । दुवैको खर्च जोडदा मासिक पन्ध्र हजार पुग्ने प्रहरी कार्यालयले जनाएको छ । तर घोडा भने बिहान उज्यालो भएदेखि साँझ घाम नअस्ताउँदासम्म सदरमुकाम तम्घासका विभिन्न सडक र चौरहरूमा डुल्ने गर्छ ।

कार्यालयका लेखापाल सन्तोष बरालले सरकारको निर्णयबिना सुरक्षितसाथ पाल्नेबाहेक केही गर्न नसक्ने जानकारी दिए । '२०६२ सालमा बिक्रीका लागि दुई पटक टेन्डर आह्वान गर्दा पनि कसैले आवेदन नदिएपछि बिक्री हुन नसकेको हो,' उनले भने । यस घोडासम्बन्धी जानकार स्थानीय ताराप्रसाद भुसालका अनुसार २२ वर्षअघि यो गुल्मी र अर्घाखाँचीमै कहलिएको थियो । सवारीसाधन नपुग्ने ग्रामीण क्षेत्रको अपराध नियन्त्रण र तत्काल अनुसन्धानमा खटिन सुरक्षाकर्मीको सुविधाका लागि घोडा उपलब्ध गराइएको थियो । सोही प्रयोजनअन्तर्गत २०४४ सालमा किनिएका दुई घोडामध्ये एकको ६ वर्षअघि मृत्यु भएको थियो । दुई जिल्लामै नाम चलेको घोडा भएकाले त्यतिबेला अर्घाखाँचीका दुर्गाप्रसाद बञ्जाडेसँग २५ हजारमा खरिद गरिएको थियो । यातायात सुविधा बढ्दै गएकाले घोडाको उपयोग हुन नसकेको प्रहरी नायब उपरीक्षक पदमप्रसाद सुवेदीले बताए । कानुनी प्रक्रिया पुर्‍याएर लिलाम गर्न वा स्वीकृति लिएर जंगलमा पठाउन सकिए उपयुक्त हुने प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले बताए ।


आर्थिक सहयोग हस्तान्तरण गर्दै २२ नम्बर बाहिनी बुटवलका जर्नेल बिजय बिक्रम खड्का । फोटो: तारा भुषाल