Sunday, November 16, 2008

भोको कुकुरले आगो लगाइदियो

एउटा भोको कुकुरले भोकको सुरमा भान्सामा पकाइँदै गरेको तावामा आक्रमण गर्दा घरमा आगो लाग्दा ६ हजार पाउण्डभन्दा बढी क्षति भएको कुकुर मालिकले दाबी गरेका छन् ।

अल्फी नाउँ गरेको उक्त कुकुर भोकायो भनेर नै अल्फीका मालिक पल ग्रेगसनले खाना तताइदिँदै थिए तर भोकलाई सहन गर्न नसकी कुकुरले भाँडो चपाउने सुरले आक्रमण गर्‍यो । आक्रमणका क्रममा तेल हृवार्रहृवारी बलेपछि भान्सामा एकैछिन त आतङ्कको सिर्जना भएको डेली पोस्ट अखबारले जनाएको छ ।

बेलायतको गेनेडस्थित लानफेयरफेचेन निवासी ४२ वषर्ीय पलले पत्रिकालाई बताए- "यसले यस्तो गर्ला भनेर सोचेकै थिएनौँ । त्यसैले यसको नाउँमा हामीले थोरै परिवर्तन गरिदिएका छौँ- अल्फी द अर्र्सोनिस्ट ।" अर्र्सोनिस्टकोर् अर्थ हुन्छ, अर्काको सम्पत्तिमा आगो लगाउने अपराधी ।

आगो हृवार्रहृवारी बलेपछि पल उनकी श्रीमती र दर्ुइ छोराहरु चार्ली र प्याटि्रक तुरुन्त कोठाबाट निस्किएका थिए । जसका कारण, कसैलाई पनि कुनै चोट नलागेको बताइएको छ ।

तीन वर्षो अल्फी कलेजी रङको यो अल्फी उति बुद्धिमान चाहिँ छैन तर विस्तारै बुद्धि पलाउनेमा उनी विश्वस्त छन् । अल्फीले लगाइदिएको आगो निभाउन आफूले नसके पनि पलकी श्रीमतीले दमकललाई फोन गरेकी थिइन् । "यहाँको दमकल कति विश्वासिला छन् भने फोन लागेको पाँच मिनेटमै यहाँ आएर उनीहरुले आगोलाई नियन्त्रणमा लिइसकेका थिए", पलले खुशी हुँदै भने- "त्यति धेरै क्षति हुन पाएन ।"

लौ चिन्नुस्-४ को नतिजा

लौ चिन्नुस्-४ अन्तर्गत गुल्मीन्युजमा राखिएको तस्बिर आँपचौर गाविसको इन्द्रेगौँडामा अवस्थित राधाकृष्ण मन्दिरको हो । तस्बिर उपलब्ध गराइदिनुभएकोमा भोजराज भण्डारी ज्यूप्रती आभार ब्यक्त गर्दछु । पहिलो सही जवाफ पठाउनुहुने लक्ष्मण भण्डारी, रुपाकोट (हाल: फिन्ल्यान्ड) लाई बधाई । त्यसैगरी सही जवाफ पठाउनुहुने मित्रहरु लब थापा, शंकर भण्डारी, ईन्द्र भट्टराई, छबी सुर्यबंशी, गोपाल भण्डारी, खजराज घिमिरे, खिम बहादुर खासु, पूर्णभद्र खराल, हरी खराल, नारायण, चिन्तामणी घिमिरे, अशोक सापकोटा, डिल्लिराज अर्याल, हुमनाथ पन्थी लगायत सही उत्तर मिलाएर पनि आफ्नो नाम लेख्न बिर्सिनुहुने मित्रहरु साथै उत्साह्पूर्ण सहभागीता जनाउनुहुने सम्पूर्ण महानुभावहरुलाई धेरै धेरै धन्यवाद ।
-गुल्मीन्युज

Advertisement