Wednesday, November 18, 2009

तम्घासमा पेन्सन-क्याम्प

भारतीय सेनाबाट निवृत्त भूपू सैनिकलाई पेन्सन वितरणका लागि गुल्मीको तम्घासमा पेन्सन-क्याम्प स्थापना भएको छ । तम्घास धागीथुमस्थित भारतीय भूपूसैनिक क्याम्पमा गुल्मी, अर्घाखाँची, बाग्लुङ, प्युठान र रोल्पासम्मका भूपूसैनिकलाई पेन्सन वितरण गरिनेछ । 
दैनिक ६ सयजनाका दरले यसपटक १० हजार भूपूसैनिकलाई पेन्सन वितरण गरिने क्याम्पका सुपरभाइजर लोकबहादुर कुँवरले बताए ।



 पैसा बुझेपछि गन्दै पूर्व भारतीय सैनिक । 
(तस्‍बिर: घनश्याम गौतम)

लौ चिन्नुस्-४ को नतिजा

लौ चिन्नुस्-४ अन्तर्गत गुल्मीन्युजमा राखिएको तस्बिर आँपचौर गाविसको इन्द्रेगौँडामा अवस्थित राधाकृष्ण मन्दिरको हो । तस्बिर उपलब्ध गराइदिनुभएकोमा भोजराज भण्डारी ज्यूप्रती आभार ब्यक्त गर्दछु । पहिलो सही जवाफ पठाउनुहुने लक्ष्मण भण्डारी, रुपाकोट (हाल: फिन्ल्यान्ड) लाई बधाई । त्यसैगरी सही जवाफ पठाउनुहुने मित्रहरु लब थापा, शंकर भण्डारी, ईन्द्र भट्टराई, छबी सुर्यबंशी, गोपाल भण्डारी, खजराज घिमिरे, खिम बहादुर खासु, पूर्णभद्र खराल, हरी खराल, नारायण, चिन्तामणी घिमिरे, अशोक सापकोटा, डिल्लिराज अर्याल, हुमनाथ पन्थी लगायत सही उत्तर मिलाएर पनि आफ्नो नाम लेख्न बिर्सिनुहुने मित्रहरु साथै उत्साह्पूर्ण सहभागीता जनाउनुहुने सम्पूर्ण महानुभावहरुलाई धेरै धेरै धन्यवाद ।
-गुल्मीन्युज

Advertisement