नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

Advertise In Gulminews

Posted By Admin on Thursday, August 25, 2011 | 1:27:00 AM


गुल्मी न्युज मै किन गर्ने त बिज्ञापन ?
किनकी गुल्मीन्युज नेपाल लगायत विश्वभरिबाट दैनिक सरदर ५००० पटक हेरिने साईट हो त्यसैले आफ्नो उत्पादन, सेवा, ब्यापार-ब्यवसाय, संघ-संस्था आदिको प्रचार-प्रसार गर्न चाहने सम्पूर्णलाई गुल्मीन्युज एक उपयुक्त माध्यम हो ।

गुल्मीन्युज कस्ता बिज्ञापनका लागि उपयुक्त छ त ?
सबै बर्ग वा पेशाका मानिसहरुले देश बिदेशबाट हेर्ने हुनाले प्राय सबै खालका बिज्ञापन यो साइटमा राख्दा राम्रो प्रतिफलको आशा गर्न सकिन्छ । बिशेष गरी बैंक, मनी ट्रान्सफर, म्यान पावर कम्पनी, होटल, लज, रेष्टुरण्ट, ट्राभल एण्ड टुर्स कम्पनी, पसल, कलेज, बिद्यालय, तालिम केन्द्र, कन्सल्टेन्सी लगायत सम्पूर्ण खालका कम्पनी तथा ब्यापारिक प्रतिस्ठान, उत्पादन वा सेवा सुविधाको बिज्ञापन गुल्मीन्युजमा राख्दा राम्रो प्रतिफल दिन सक्छ ।

सित्तैमा हुन्छ कि पैसा तिर्नु पर्छ ? (कती पैसा तिर्नु पर्ला)
पैसा मात्रै सबै चिज होइन नि हैन र ? जनचेतना मुलक बिज्ञापन, सामाजिक सँस्थाका गतिबिधी-सुचना, सन्देश वा अन्य गैर नाफामुलक कार्यक्रमहरु सित्तैमा राखिनेछ । यसको लागि तपाईं आँफै ब्यानर डिजाइन गरेर पठाउनुपर्ने छ । अन्य ब्यापारिक प्रायोजन तथा आर्थिक नाफाका लागि बिज्ञापनहरु राख्न भने केही शुल्क (एकदमै न्यून) तिर्नु पर्ने छ । बिज्ञापन दस्तुरको बारेमा जानकारी लिन भने info@gulminews.com मा ईमेल गर्नु होला । शुल्क यती नै भन्ने हुँदैन यसका लागि कत्रो बिज्ञापन, कस्तो बिज्ञापन, कहाँ राख्ने, कती समय सम्म राख्ने आदी कुराहरुले फरक पार्न सक्छन । शुल्क अती नै न्यून हुनेछ त्यसैले न्यून शुल्कमा ठुलो प्रचार-प्रसार गरी आफ्नो ब्यवसाय प्रवर्द्दन गर्ने मौका नगुमाउनुहोस् ।

पैसा कसरी तिर्ने ?
बैंक ट्रान्फर वा पेपाल ट्रान्सफर वा वेष्टर्न युनियन वा संपर्क ब्याक्तिलाई नगद बुझाउने

थप जानकारीको लागि info@gulminews.com मा ईमेल पठाउनुहोस् वा ००३५८४४२०२१३८५ मा संपर्क गर्नुहोस ।
 
Related Posts Plugin for WordPress, Blogger...