नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

एस.एल.सी परिक्षामा गुल्मीबाट एक निष्काशित, तीनको परीक्षा रद्ध

Posted By Admin on Tuesday, March 20, 2012 | 8:18:00 PM



पि.एम.मगर
एसएलसी प्रवेशिका परीक्षा शुरु भएको आज पहिलो दिन गुल्मी जिल्लामा मर्यादित रुपमा सम्पन्न भएको छ। पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षामा अमर्यादाका केही छिटफुट घटना बाहेक आजको परीक्षा मर्यादित रुपमा सम्पन्न भएको छ । सदरमुकाम तमघासका साथै जिल्लाका अधिकाँश परीक्षा केन्द्रहरुमा मर्यादितरुपमा परीक्षा सम्पन्न भएपनि केही परीक्षा केन्द्रहरुमा विद्यार्थीहरुवाट चिट चोर्ने लगायतका अमर्यादित कार्य भएको भन्दै चार जनालाई निष्काशन समेत गरिएको छ। उदय उच्च माध्यमिक विद्यालय शान्तिपुर परीक्षा केन्द्रवाट एक जना विद्यार्थी यस वर्षको एसएलसी परीक्षावाटै वाहिरिएका छन्।
त्यस्तै शुक्र माध्यमिक विद्यालय खडगकोट छापचौर परीक्षा केन्द्रबाट एक जना र पृथ्वी उच्च माध्यमिक विद्यालय पुर्कोटटदह केन्द«बाट २ जना विद्यार्थीको आजको विषय रद्ध गरिएको जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले जानकारी दिनुभयो। आज पहिलो दिनको परीक्षा अनुसार गत वर्षको तुलानामा थप मर्यादित तथा व्यवस्थित भएको उहाँले दावी गर्नुभयो। यसलाई थप मर्यादित गर्न सवै पक्षको सहयोगको आवश्यकता रहने कुरामा जोड् दिनुभयो। विद्यार्थीहरुले चिट चोर्ने लगायतका अमर्यादित कृयाकलाप गर्दा परीक्षावाट वाहिरिनुपर्ने र आफ्नो भविष्य विग्रने भएकाले त्यस्तो कार्य नगर्न उहाँको आग्रह थियो। कतिपय परीक्षा केन्द्रमा टेलिफोन सम्पर्क हुन नसकेकाले परीक्षामा अनुपस्थित विद्यार्थीहरुको तथ्याङ्क आई नसकेको भएपनि एकाध केन्द्रहरुमा एक दुई जना वाहेक अधिकाँश विद्यार्थी परीक्षामा सहभागी भएको जिल्ला शिक्षा अधिकारी पौडेलले वताउनुभयो। भोली अनिवार्य नेपाली विषयको परीक्षा हुँदैछ।
यसैविच एसएलसी परीक्षा जिल्ला समन्वय समिति गुल्मीले परीक्षा केन्द्रको २ सय मिटर वरपर मानिसहरु जम्मा हुन र स्थानीय होटलहरुमा मदिरा सेवन गर्न पुर्ण रुपमा निषेध गरेको छ। उक्त क्षेत्रभित्र मदिरा वेचविखन र मानिसहरुको जमघट पाईए तत्काल समितिले कारवाही गर्ने जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले वताउनुभयो। स्थानीय तहमा मदिरा वेचविखन र जवरजस्ती भएको पाईए स्थानीयवासीले सुचना दिन समेत आग्रह गरिएको छ।

 
Related Posts Plugin for WordPress, Blogger...