नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

ढाका बुनाइ तालिमले फेर्दै छ महिलाको जीवनशैली

Posted By Admin on Tuesday, March 20, 2012 | 1:39:00 PM



गुल्मी जिल्लाको दुर्गम क्षेत्र हवाङदीमा व्यवसायिक ढाका बुनाइ तालिम लिएका महिलाहरुले ढाकाका कपडा तयार गरेपछि स्थानीय अन्य महिलाहरु उत्साहित भएका छन्।

केही दिन अघिमात्र सकिएको ३ महिना तालिमपछि अहिले यहाँका स्थानीय एक दर्जन महिलाहरुले घर-घरमा ढाका कपडा तयार गरिरहेका छन्। पहिलो पटक यस क्षेत्रमा भएको सीपमूलक तालिमले पुरै गाउँका महिलाहरु उत्साहित भएका छन्। ग्रामीण क्षेत्रका केही महिलाहरुले प्रत्यक्ष आम्दानीसमेत लिन थालेपछि अन्य महिलाहरु पनि सीपमूलक तालिम लिन इच्छुक देखिएका छन्। स्थानीय हवाङदी क्लबका अध्यक्ष टीका घर्ती मगरले गाउँका अधिकांश महिलाहरु यस्तो स्वाबलम्वन सीपका लागि सक्रिय देखिएको बताउनुभयो।

तालिमका सहभागी महिलाहरुले धमाधम ढाकाका कपडा बुन्दै बिक्री गर्न थालेपछि अधिकांश अन्य महिलाहरुमा पनि उत्साह देखिएको छ। जिल्लाकै सबैभन्दा विकट क्षेत्र रहेकाले पनि विकास निमार्णका पूर्वाधारका साथै अन्य सुविधासमेत नपाएका हवाङदीका स्थानीय महिलाहरु आत्मनिर्भरमुखी तामिल लिएर आय-आर्यजनको काम गर्न उत्सुक देखिएका छन्। घरेलु तथा सना उद्योग कार्यालय गुल्मी र हवाङदी गाविस कार्यालयको सहयोगमा ३ महिनासम्म चलेको तालिम सकिन नपाउँदै महिलाहरुले हजारौ मूल्य बवाबरका ढाका कपडा तयार गरिसकेका छन्।

तालिमकै क्रममा उनिहरुले ढाकाको टोपी गलबन्दी महिलाहरुले प्रयोग गर्ने सल बर्को चोलीलगायतका कपडाहरु तयार पारेका हुन्। उनिहरुले उत्पादन भएको वस्तु बिक्रीका लागि बजार तथा कच्चा पदार्थ आयातमा सहजता भए राम्रो आम्दानी गर्न सकिने बताएका छन्। तालिम समारोहमा बोल्ने बक्ताहरुले हवाङदी गाविसलाई नै ढाकामय बनाउने अभियानको शुरुआत गरेको बताएका छन्।

नेपाल समाचार-पत्र दैनिकबाट

ENTSEC

भिडियो समाचार
सेलिब्रेटीसँग गफगाफ
नयाँ लोक दोहोरी गीतहरु
मनोरन्जन
टक शो
 
Related Posts Plugin for WordPress, Blogger...