नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

प्रेमिका भेट्न गुल्मी पुगेर सर्वसाधारणलाई धम्क्याउने जुम्लाका नक्कली पुलिस पक्राउ

Posted By Admin on Monday, June 25, 2012 | 8:21:00 PM



अपडेट गुल्मी
रातको समयमा घरघरमा पसी धम्क्याउने एक जनालाई स्थानीयवासीले नियन्त्रणमा लिई अस्थायी प्रहरी चौकी धनार्जीको जिम्मा लगाएका छन् । गुल्मीको हस्तिचौर गाविस वडा नम्वर ९ पालुखामा गएराती मदिरा पदार्थ सेवन गरी धम्क्याउने जुम्ला घर भएका अन्दाजी ३० वर्षीय हिक्मत विकलाई नियन्त्रणमा लिई प्रहरीको जिम्मा लगाईएको स्थानीय दल वहादुर विश्वकर्माले जानकारी दिनुभएको छ ।
आफ्नो प्रेमिका भेट्न भन्दै आएको वताउने विकले म पुलिस हुँ, अफिसले मलाई अनुगमनमा पठाएको हो भन्दै रक्सी र कुखुरा खोज्न पठाएको स्थानीयवासीको भनाई छ । जिल्ला प्रहरी कार्यालय गुल्मीले विक पहिले नेपाली सेनामा जागिरे भएपनि अहिले छाडेको वताएको छ । हिक्मत विकले प्रेमिका भनेकी केटीसँग कुनै सम्वन्ध नरहेको उनको परिवारले वताएको छ । जुम्लाको चन्दननाथ गाविस वडा नम्वर ९ घर भएका विकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ENTSEC

भिडियो समाचार
सेलिब्रेटीसँग गफगाफ
नयाँ लोक दोहोरी गीतहरु
मनोरन्जन
टक शो
 
Related Posts Plugin for WordPress, Blogger...