नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

अनुमति बिना कोचिङ्ग तथा ट्यूसन सेन्टरहरु संचालन, जिशिकाले अनुगमन थाल्यो

Posted By Admin on Tuesday, June 26, 2012 | 6:51:00 PM



जनार्दन घिमिरे
गुल्मी, १२ असार । गुल्मी जिल्लामा जिल्ला शिक्षा कार्यालयको अनुमति विना सदरमुकाम तम्घासमा एकतर्फिरुपमा कोचिङ्ग तथा ट्यूसन सेन्टरहरु संचालन भएपछि यतिवेला जिल्ला शिक्षा कार्यालयले अनुगमन शुरु गरेको छ । कतिपय कोचिङ्ग तथा ट्यूसन सेन्टरहरुले  प्रवेशिका परीक्षा लगायत पूरक र उच्च मावि तथा अन्य कक्षाका परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने जस्ता भ्रामक प्रचारवाजी गरेर विद्यार्थीहरुलाई प्रभावित गर्न थालेपछि कार्यालयले आजदेखि अनुगमन शुरु गरेको हो ।
जिल्ला शिक्षा कार्यालयका उपसचिव भोजवहादुर केसीको नेतृत्वमा निमित्त प्रमुख जिल्ला अधिकारी वावुराम अर्याल सहितको अनुगमन टोलीले मंगलवार सदरमुकाम तम्घासमा संचालनमा आएका एक दर्जन भन्दा वढी कोचिङ्ग तथा ट्यूसन सेन्टरहरुको अनुगमन गरेको छ । अनुगमनको क्रममा अधिकांस कोचिङ्ग तथा ट्यूसन सेन्टरहरु जिल्ला शिक्षा कार्यालयको अनुमति नलिई संचालनमा आएको फेला पारेपछि उनीहरुलाई एक हप्ता भित्रमा कानुनि प्रक्रिया पुरागरी संचालन गर्न निर्देशन दिएको निमित्त प्रमुख जिल्ला अधिकारी वावुराम अर्यालले जानकारी दिए ।
जिल्लामा कोचिङ्ग तथा ट्यूसन सेन्टरहरु संचालन गर्नकालागि जिल्ला शिक्षा कार्यालयमा तोकिएको धरौटी राखी विधान सहित सम्पूर्ण ढाँचा पुरागरि निवेदन दिनु पर्ने प्रावधान रहेको जिल्ला शिक्षा कार्यलयले जनाएको छ । जिल्ला शिक्षा कार्यलयले आज एक सूचना सार्वजनिक गरि दर्ता प्रक्रिया पुरा नगरेका त्यस्ता कोचिङ्ग तथा ट्यूसन सेन्टरहरुलाई प्रकृया पुरा नगर्दा सम्मकालागि विज्ञापन प्रकाशन तथा प्रशारण  नगर्न निर्देसन समेत दिएको छ । जिल्लामा हाल डेढ दर्जज भन्दावढी कोचिङ्ग तथा ट्यूसन सेन्टरहरु संचालनमा आईरहेका छन् ।
 
Related Posts Plugin for WordPress, Blogger...