नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

माईक्रोबस दुर्घटनामा १० जनाको मृत्यु

Posted By Admin on Wednesday, June 27, 2012 | 1:15:00 AM



असार १२, डोटी ।  डोटीको छतिवन गाउं विकास समितिको रुवसकांडामा माईक्रोबस दुर्घटना हुंदा १० जनाको मृत्यु भएको छ । डडेल्धुराबाट महेन्द्रनगर जांदै गरेको से १ ख ५०२ नम्बरको माइक्रोबस मंगलवार विहान दुर्घटना भएको हो । दुर्घटनामा ६ जना घाईते भएका छन् । मृतकमध्ये ८ जना पुरुष र २ जना महिला रहेका छन् । मृतकहरुको सनाखत हुन सकेको छैन । घाइते ६ जनामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
उनीहरुको डोटीको वुडरस्थित पद्मा अस्पतालमा उपचार भईरहेको छ । से १ ख ५०२ नम्बरको माइक्रोबस बिहान साढे आठ बजे सडकको घुम्तीबाट करीव २ सय मिटर तल खसेको थियो । माइक्रोबसका चालक र सहचालक भने फरार रहेको वुडर प्रहरी चौकीले जनाएको छ । माइक्रोमा १८ यात्रु सवार रहेका थिए ।
 
Related Posts Plugin for WordPress, Blogger...