नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

देशभर झरी, किसानलाई रोपाईको चटारो

Posted By Admin on Sunday, June 24, 2012 | 6:55:00 PM



१० असार, काठमाडौं । अघिल्लो हप्तासम्म मनसुन शुरु भएन भनेर निराश भएका किसान यतिबेला हषिर्त छन् । एक हप्ता ढिलो शुरु भएपनि यतिबेला देशभर मनसुन सकृय भएको छ । शुक्रबार बेलुकीदेखि देशका धेरै ठाउँमा झमझम पानी परिरहेको छ ।

अन्त भन्दा मध्य तराई क्षेत्रमा ठूलो वर्षा  भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी र हिमाली क्षेत्रमा पनि वर्षा भैरहेको छ । झरीसँगै गाउँठाउँका किसान रोपाईंको चटारोमा छन् । तराई र पहाडका कतिपय ठाउँमा रोपाईं भैसकेको छ भने कतिपय ठाउँका किसान रोपाईंको तयारीमा छन् ।

शनिबारदेखिको झरीले राजधानीका सडकमा पानी जमेको छ । हिलो र जमेको पानीका कारण पैदल हिंड्नेलाई चाहिं अप्ठेरो भएको छ । झरी अझै केही दिन जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
Related Posts Plugin for WordPress, Blogger...