नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

अर्का एक नेपालीको नाम गिनिज बुकमा (भिडियो)

Posted By Admin on Monday, June 25, 2012 | 7:54:00 PM


आफ्नै प्रयासमा स्मरण क्षमताको अभ्यास गर्दै आएका नेपाली युवा आशिष बस्नेतले विश्व कीर्तिमानको दाबीका लागि आफूलाई योग्य सावित गरेका छन्। मस्तिष्क प्रविधिका क्षेत्रमा अभ्यास गर्दै आएका काठमाडौंको चोभार निवासी २८ वर्षिय आशिषले एक मिनेट हेरेका भरमा तीन मिनेटभित्र २३ वस्तुको क्रमवद्धतालाई पूर्वक्रम अनुसार मिलाएर नयाँ कीर्तिमानको दाबेदार बनेका हुन्। ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ को मुख्यालयले दिएको मापदण्डअनुसार आज केशरमहलस्थित शिक्षा मन्त्रालयमा शिक्षामन्त्री दीनानाथ शर्माको उपस्थितिमा गरिएको दाबी प्रस्तुती-कार्यक्रममा बस्नेतले सो सफलता प्रदर्शन गरेर उनले आफ्नो स्मरण क्षमता साबित गरेका हुन्।
निर्धारित मापदण्डअनुसार अतिथि र साक्षीहरूको सहयोगमा पुस्तक, सीडी, मोबाइलको चार्जर, काइायो, सिसाकलमजस्ता विभिन्न वस्तुहरूलाई दाबीकर्ता बस्नेतलाई नदेखाई १ देखि ३० वटा क्रममा मिलाएर राखिएको थियो। त्यसपछि बस्नेतको आँखामा लगाइएको कालोपट्टी खोलेर एक मिनेट ती सामान हेर्न दिइएको थियो। एक मिनेट हेराईपछि सामानहरूको क्रम बिगारिएको -भत्काइएको) थियो र उनलाई पुनः आँखामा पट्टी लगाई केहीबेर सोच्ने समय दिइएको थियो। बस्नेतले १५ मिनेटभित्रमा ती सामानहरू पूर्ववर्त क्रममा मिलाउन पाउने भए पनि तीन मिनेटभित्रै मिलाएर सबैलाई आफ्नो मेधावी प्रतिभा देखाइदिए। आशिषको यो सफल प्रदर्शनका प्रक्रिया र प्रमाण पेस गरेपछि डेढ महिनाभित्र गिनिज बुक अफ रेकर्डको कार्यालयले औपचारिकरूपमा उनलाई प्रमाणपत्र दिनेछ। यसअघि यस्तै प्रकारको वस्तुको क्रम मिलाउने अभ्यासमा भारतका किसन कुमारले सन् २०११ जुन २३ मा २० सामान मिलाएर विश्व रेकर्ड कायम गरेका थिए भने नेपालका बस्नेतले उनले भन्दा २ वटा बढी सामान मिलाएका हुन्।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला । 
 
Related Posts Plugin for WordPress, Blogger...