नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

राजनितिक संगठनले पढाई प्रभावित भएको विद्यार्थीको गुनासो

Posted By Admin on Monday, June 25, 2012 | 8:16:00 PM



अपडेट गुल्मी
सरकारले विद्यालयलाई शान्ति क्षेत्र घोषणा गरेपनि कार्यान्वयन नभएकोमा विद्यार्थीहरुले दुख व्यक्त गरेका छन् । विद्यालयमा विभिन्न वहानामा हुने आन्दोलन वन्द हड्ताल आदिले विद्यालय वन्द भई पढाई प्रभावित भएकोमा उनीहरुले सम्वन्धित निकायको ध्यानआकर्षण समेत गराएका छन् । स्थानीय शान्ति समिति गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागि विद्यार्थीहरुले यस्तो वताएका हुन् ।
                     
अन्तरक्रिया कार्यक्रममा वोल्दै उपल्लो तम्घासमा माविकी इन्दिरा पाण्डेले भनिन्– विद्यालयमा खोलिने विभिन्न राजनितिक संगठनले विद्यार्थी–विद्यार्थीविच द्धन्द्ध निम्त्याएको छ, भन्दा विद्यालय शान्ति क्षेत्र भन्ने अनि किन विभिन्न राजनितिक दलका संगठन खोलेर द्धन्द्ध निम्त्याउने ? अहिलेको देशको अवस्थाप्रति चिन्तित देखिएकी पाण्डेले घरवाट हिडेपनि विद्यालय पुगिने हो वा होईन मनमा डर लाग्ने वताईन् । “विद्यालय सुरक्षित पुगिने हो कि होईन, कसैले अपहरण गरेर पो लैजाने हो कि”– उनले भनिन्– “मनमा यस्तो डर छ कसरी राम्रो पढ्नु ।”

आदर्श विद्या आश्रमका महेश गैरेले विद्यालय तहको शिक्षा राज्यले निशुल्क वनाउने वताएपनि विभिन्न वहानामा विद्यालयहरुले शुल्क उढाउने गरेको गुनासो गरे । “विद्यार्थीका संगठन भन्दै राजनितिक संगठनको निशानामा हामी परेका छौँ, ”– उनले भने– “हप्तौँसम्म विद्यालय वन्द हुन्छ, कोर्स सकिँदैन, कसरी राम्रो पढ्नु ?”
सिद्धवावा उच्च माविकी अमृता गौतमले शान्ति समितिका कार्यक्रमहरु सहरमुखी भएको गुनासो गरिन् । यस्तो कार्यक्रम तम्घासमा होईन गाउँमा सञ्चालन गर्नुपर्छ,–उनले भनिन्– द्धन्द्ध वाल्यकालवाट सुरु हुन्छ त्यसैले विद्यालयमा होईन यस्ता कार्यक्रम गाउँमा पनि सञ्चालन गर्नूपर्छ । स्थानीय शान्ति समिति तर्फ लक्षित गर्दै उनले भनिन् यहाँ गलत तत्थ्याङ्क देखाएर पैसा खाईन्छ ।

भगवती मावि सिमिचौरका अशोक पाण्डेले कागजमा लेखेर, भाषण गरेर शान्ति नहुने भन्दै  सवै आपसी समझदारी गरेर अगाडि वढेमा देशमा स्थायी शान्ति सम्भव हुने बताए । राङवास माविकी विष्णु पाण्डेले मुख्य अशान्ति हुने कारण धनी र गरिव भएको वताईन् । उनले भनिन् – “देशमा अशान्ति हुने प्रमुख कारण नै धनी र गरिव विचको विभेद हो, राज्यले नै धनी र गरिव विचको व्यहार समान नगरेमा देशमा स्थायी शान्ति हुँदैन् ।”

उनीहरुले स्थायी शान्ति सम्वन्धि सामग्री विद्यालय तहको पाठ्यक्रममा समावेश गर्नुपर्नेमा समेत जोड दिए । अन्तरक्रिया कार्यक्रममा आधा दर्जन विद्यालयका २ दर्जन वढि विद्यार्थीहरु सहभागि थिए । अन्तरक्रियामा स्थानीय शान्ति समिति गुल्मीका सदस्य पदम पाण्डेले वन्दुक नपड्कीएको, वम नपड्कीएको देशमा तथा स्थान मात्र शान्ति हुन्छ भन्ने वुझाई गतल भएको वताए । उनले भने स्थायी शान्तिका लागी सवैका अधिकार सुनिश्चित भएपछि द्धन्द्ध हुँदैन्, द्धन्द्ध नभएपछि शान्ति हुन्छ ।

 
Related Posts Plugin for WordPress, Blogger...