नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

यस्तो छ विश्वको सबैभन्दा नराम्रो कुकुर

Posted By Admin on Monday, June 25, 2012 | 7:22:00 PM



तपाइँले सुन्दर तथा स्मार्ट कुकुरहरुको बारेमा निकै सुन्नु वा देख्नुभएको छ होला । तर विश्वको सबैभन्दा नराम्रो कुकुरको बारेमा भने सायदै सुन्नुभएको छ ।

अमेरिकाको क्यालिफोर्नियामा रहेको एक कुकुर विश्वको सबैभन्दा कुरुप अर्थात् नराम्रो कुकुर हो । कालो भद्दा सरीर तथा सेतो रंगका जुँगा भएको यो कुकुर हालै अमेरिकाको सनप|mान्सिस्कोमा भएको कुरुप कुकुरहरुको प्रतियोगितामा प्रथम भयो । मोगली नामको यो कुकुरले २८ जना अरु कुरुप कुकुरहरुलाई कुरुपतामा जित्यो । ८ वर्षको यो कुकुर एक भुस्याहा कुकुर हो ।

यो प्रतियोगितामा निणर्ायकहरुले साँच्चीकै प्राकृतिक रुपमा कुरुप रहेका कुकुरहरु छानेका थिए । प्रतियोगितामा भाग लिन विश्वका विभिन्न देशका मानिस आ-आफ्ना कुकुर लिएर त्यहाँ पुगेका थिए ।

स्मरण रहोस् मोगलीले विश्वको सबैभन्दा कुरुप कुकुरको प्रतियोगितामा विभिन्न २ विधामा उपाधि उचाल्यो । चाइनिज बि्रडको मोगलीले चिनिया ब्रान्डको इज्जत पनि जोगायो । गएको वर्ष भएको प्रतियोगितामा पनि चाइनिज नस्लकै कुकुर सबैभन्दा कुरुप कुकुर बनेको थियो । अन्लाईनखबर
 
Related Posts Plugin for WordPress, Blogger...