पि.एम.मगर
गुल्मी, २६ असार । अवरुद्ध गुल्मी वम्घा तथा जोहाङ्ग क्षेत्रको विद्युत सेवा सुचारु भएको छ । लामो समयको प्रयासवाट मंगलबार दिउँसोदेखि विद्युत सञ्चालनमा आएको विद्युत प्राधिकरण गुल्मी शाखाले जानकारी दिएको छ । पटक पटक विद्युत अवरुद्ध भईरहदा आफुहरु मर्कामा पर्दै आएको भन्दै वम्घा, रिमुवा, जोहाङ्ग, जुनिया, लिम्घा, हँसरा, अस्लेवा, वलेटक्सार गाविसका केही भेगका स्थानीयवासीहरुले मंगलवार दिउँसो जोहाङ्ग खैरेनीमा रहेको प्राधिकरणको फ्यूज कार्यालयमा धर्ना दिएका थिए । उनीहरुले नियमित विद्युत आपुर्तिको माग गरेका छन् ।
|




















