नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

तीन वर्षमा गुल्मीमा डेढ सय जना बेपत्ता

Posted By Admin on Thursday, July 12, 2012 | 9:16:00 PM



२८ असार, गुल्मी । तीन वर्षको अवधिमा गुल्मीमा डेढ सयजना वेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क अनुसार २०६७ साल यता जिल्लामा १ सय ३६ जना अझै हराइरहेका छन् । १ सय ९४ जना हराएकोमा अहिलेसम्ममा ५८ जना फेला परेका छन् । हराएकामध्ये सबैभन्दा बढी महिला र बालबालिका छन् ।

प्रहरीको व्यस्तताले वेपत्ताहरुको खोज तलास गर्ने कार्यले प्राथमिकता पाउन नसकेको बेला जिल्ला प्रहरी कार्यलय गुल्मीले भने हराएका व्यक्तिहरुको खोजतलास अप्रेशन सुरु गरेको छ । प्रहरीले सुरु गरेको अप्रेशन एक हप्तासम्म चल्ने छ । हराएकाहरुको खोजीका लागि प्रहरी ईकाईले संचार माध्यम, एफएम रेडीयो, जिल्लामा रहेका १ सय ३५ वटा टोल सुधार समिति र अन्य सघं सस्थाको सहयोग लिने जनाएको छ ।

हराएको भनेर परिवारले प्रहरीकहाँ निवेदन दिने तर अवस्था पत्ता लागेमा प्रहरीलाई त्यसको जानकारी भने नगराउने गरेको पाइएकोले हराएकामध्ये कतिपयको अवस्था पत्ता लाग्यो भन्ने थाहा हुन नसकेको प्रहरी नावय उपरीक्षक राजकुमार बैदवार जानकारी दिए ।
सोलिडारिटी खबर डट कमबाट
 
Related Posts Plugin for WordPress, Blogger...