नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

स्वर्गिय अस्मिताको सम्झनामा बालबालिकालाई सहयोग

Posted By Admin on Wednesday, July 11, 2012 | 1:37:00 AM


राजेन्द्र गौतम
किशोरी छोरीको अल्पायुमै मृत्यु हुनु अनि त्यसले दिएको पिडा झेल्नु, यो भन्दा गाह्रो समय मानिसको जीवनमा कहिल्यै पनि आउदैन होला ! गुल्मी जिल्ला झारखर्क स्थाई घर भई हाल काठमाडौंमा बसोबास गर्दै आएका रन बहादुर थापा र हरिकला थापाले आफ्नी स्वर्गिय छोरीको स्‍मृतिमा अति विपन्न वर्गका बालबालिकाहरुलाई खाध्यान तथा आर्थिक सहयोग गरेका छन । १३ बर्षको अल्पआयुमै दुखद निधन भएकी छोरी अस्मिताको पहिलो वार्षिक पुण्य तिथी तथा १५ औ जन्मदिनको अवसर पारी थापा दम्पतिले सोलिडारिटी नेपालको सहयोगमा सृजन्सिल बाल सेवा परिवारका १४ जना बालबालिकालाई सहयोग गरेका हुन ।
पढाइमा निकै तेज र लगनशिल अस्मिताको गत साल निधन भएको थियो । कार्यक्रममा सोलिडारिटी नेपालका अधक्ष्य राजेन्द्र गौतम, स्वर्गिय अस्मिताका बुबा-आमा रन बहादुर थापा र हरिकला थापा, साथीहरू साथै केहि आफन्तजनको उपस्थिति थियो ।

त्यसै गरी छोरीको सम्झनामा थापा दम्पतिले आफुहरु छिट्टै नै छोरीको स्‍मृतिमा अक्षयकोष स्थापना गरी जहेन्दार तथा गरीब बिधार्थीलाई छात्रबृत्ति दिने तयारीमा रहेको समेत गुल्मीन्युजलाई बताएका छन ।

ENTSEC

भिडियो समाचार
सेलिब्रेटीसँग गफगाफ
नयाँ लोक दोहोरी गीतहरु
मनोरन्जन
टक शो
 
Related Posts Plugin for WordPress, Blogger...