नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

गुल्मी सम्पर्क समितिले कोरियाले तेश्रो रेसुंगा रनिंग कप भलिबल आयोजना गर्ने

Posted By Admin on Tuesday, July 31, 2012 | 3:38:00 PM



दक्षिण कोरियामा रहेका नेपालीहरुको संस्थाहरु मध्यको एक सक्रिय संस्था गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले तेश्रो रेसुंगा रनिंग कप भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ।

कोरियामा रहेका नेपालीहरु विच आपसी सदभाव र एकता गर्ने अभिप्रायले गर्न लागिएको उक्त प्रतियोगितामा कोरियामा रहेका सम्पूर्ण संघ संस्थाहरुलाई सहभागी भइदिन समितिले अनुरोध गरेको छ। उक्त दिन गुल्मी सम्पर्क समितिको अक्षयकोष निर्माणार्थ भाग्यशाली चिठ्ठा पनि खोलिने भएको छ।

आयोजनाबाट संकलन हुने आर्थिक रकम नेपालकै एक प्रशिद्ध धार्मिकस्थल गुल्मीको रिडी रुद्रबेनीमा संचालित वृद्धाआश्रम र गुल्मी जिल्लामा रहेका अशक्त,अपांग र असहायहरूलाई प्रदान गरिने पनि समितिले जनाएको छ।

त्यसैले एकातिर नेपाली नेपालीहरु विच आपसी सदभाव र एकता बढाउन तथा अर्कोतिर समाज सेवा गर्ने पवित्र उद्देश्यले आयोजना गर्न लागिएको भलिवल प्रतियोगितामा सहभागी भइ कार्यक्रमलाई सफल पारिदिनुहुन कोरियामा रहेका संघ संस्थाहरु लगायत सम्पूर्ण नेपालीहरुलाई गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले हार्दिक अनुरोध गरेको छ।
 
Related Posts Plugin for WordPress, Blogger...