नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

माई ब्रदरको भिडियो र पोस्टर सार्वजनिक

Posted By Admin on Thursday, July 12, 2012 | 11:16:00 PM



अविरल फिल्म्सको व्यानरमा निर्माण गरिएको नेपाली कथानक चलचित्र माइ व्रदरले औपचारीक रुपमा आफनो फिल्मको भिडियो गीत र पोष्टर सार्वजनिक गरेको छ । विगत केहि समय यता सेक्स विकाउ चलचित्रहरुको निर्माण भईरहेको समयमा ति र त्यस्ता चलचित्रहरुलाई च्यालेन्ज गर्दै पूर्ण पारिवारिक र प्रेम कथामा आधारित फिल्म माइ व्रदरको निर्माण गरिएको निर्माण पक्षको दाबी रहेको छ ।
तिज पछि रिलिजमा आउने उक्त चलचित्रको लेखन तथा निर्देशन विष्णु भट्टराईको रहेको छ । दिपक पाण्डे (को बन्छ कलाकारका विजेता), सुमिना घिमिरे, रमेश बुढाथोकी, विमला गिरी, विद्या कार्की, अनिष कंडेल (बाल कलाकार) आदी अभिनित उक्त चलचित्रमा जिवन लुईटेललाई पनि विशेष भुमिकामा देख्न सकिन्छ । सरु भट्टराई र मैना देवी भण्डारीले निर्माण गरेको उक्त्त चलचित्रमा विरेन्द भट्टको छायांकन, अष्ट महर्जनको द्धन्द, कविराज गहतराजको नृत्य निर्देशन, दयाराम पाण्डेको शब्द र विपिन आचार्य, उज्वल लिम्वु र तिलक बम मल्लको संगित रहेको छ ।

चलचित्र माई ब्रदरको अडियो गीत सुन्न तल क्लिक गर्नुहोला । 

ENTSEC

भिडियो समाचार
सेलिब्रेटीसँग गफगाफ
नयाँ लोक दोहोरी गीतहरु
मनोरन्जन
टक शो
 
Related Posts Plugin for WordPress, Blogger...