नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

उपल्लो हुग्दिखोला जलबिद्युत आयोजनाको शेयर खुल्ला

Posted By Admin on Saturday, July 28, 2012 | 11:28:00 PM



तेजेन्द्र थापा
गुल्मी जिल्लाको शान्तिपुरमा सन्चालित माथिल्लो हुग्दिखोला जलबिद्युत पारीयोजनाको शेयर खुल्ल गरिएको छ । सर्बसाधारणका लागि खुल्ला गरिएको शेयर यहि श्रावण महिना भरि रहने बताईएको छ । 
गुल्मीको शान्तिपुरमा उपल्लो हुग्दिखोला जलबिधुत आयोजना निर्माणका लागि साहस कम्पनि लि. तथा रुरु जलबिधुत परियोजना प्रा.लि.र स्थानीय वासीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।  अन्तरक्रिया कार्यक्रममा साहस हाइड्रोपावर तथा रुरु जलबिधुतको तर्फबाट साहस हाइड्रो पावर संचालक समितिका कार्यकारी अध्यक्ष हिम प्रसाद पाठक, रुरु जलबिधुत परियोजना संचालक समितिका कार्यकारी अध्यक्ष तथा नेपाल सरकारका पूर्व सचिब पूर्ण कडरिया, साहस हाइड्रोका संचालक तथा हुग्दिखोला जलबिधुत आयोजनाका इन्जिनियर बिरेन्द्र श्रेष्ठ र रुरु जलबिधुत परियोजनाका  संचालक भरत नेपालको उपस्थिति रहेको थियो । सो परियोजना संचालनका लागि हाल सम्म भएका कामहरुको बारेमा जानकारी गराइएको कार्यक्रममा उपल्लो हुग्दिखोला जलबिधुत आयोजनाको सर्बसाधारणका लागि शेयर खुल्ला गरिएको जानकारी समेत गराईएको थियो । सर्बसाधारणका लागि खुल्ला गरिएको शेयर यहि श्रावण महिना भरि रहने बताईएको छ।

ENTSEC

भिडियो समाचार
सेलिब्रेटीसँग गफगाफ
नयाँ लोक दोहोरी गीतहरु
मनोरन्जन
टक शो
 
Related Posts Plugin for WordPress, Blogger...