नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

खेतमा खोला पस्यो, किसानहरु चिन्तित

Posted By Admin on Wednesday, July 11, 2012 | 12:14:00 PM



पि.एम.मगर
गुल्मी, २६ असार । अविरल वर्षाका कारण गुल्मी घमिरको धुलि ओडार फाँटमा रहेको करिब ८० रोपनी खेतमा खोला पसेको छ । ठाडो खोलाको रुपमा रहेको घमिर खोला उक्त धुलि ओडार फाँटमा पस्दा स्थानीय १० घर परिवारको ५०० मुरी थान हुने खेतमा क्षति भएको छ ।
क्षति हुनेमा घमिर गा.वि.स. वडा नं. २ का राम प्रसाद उपाध्याय, मेघनाथ लम्साल, महेन्द्र पन्थी, हरिलाल पन्थी, गोपाल बुढा मगर, कुलबहादुर बुढा मगर, लक्ष्मण पन्थी, कविराम पन्थी, प्रेमलाल पन्थी र चोपलाल पन्थी सहित १० जना रहेका छन। बाढी पीडित १० जनाले भत्कीएको बाँधकुलो जोगाउन जिल्ला प्रशासन, जिल्ला विकास समिति लगायतका निकायमा सिमेन्ट तथा करिब ८० थान जाली उपलब्ध गराई पाउँ भनी निवेदन दिएका छन् भने आवश्यक क्षतिपूर्तिको लागि राज्यको माथिल्लो निकाय समक्ष माग गरेका छन । उक्त ८० रोपनी खेत मध्ये धेरै जसोमा भर्खरै धान रोपीएको थियो भने केही खेत रोप्ने तयारीमा थिए ।

 
Related Posts Plugin for WordPress, Blogger...