नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

चौंरीको रगत पिउने मेला सुरु

Posted By Admin on Monday, July 9, 2012 | 1:16:00 PM



अमृत बास्कुने । म्याग्दी–बेनी, असार २४ । हिमाली जडीबुटी पाइने चरन क्षेत्रमा पालिने चौंरी गाइको आलो रगत पिउने मेला म्याग्दीको शिख गाविसको पाउद्वारमा रहेको खोप्रालेकमा शनिबारदेखि सुरु भएको छ । हिमाली भेकमा मात्र पाइने चौंरी गाइको आलो रगत पिउने मेला आफैमा पनि निकै महत्पवूर्ण मानिन्छ ।

म्याग्दी जिल्लाको हिमाली क्षेत्रको नागी–पाउद्वार संयुक्त चौरीपालन समितिले विगतका वर्षहरुमा झैं यस वर्ष पनि शनिबार देखि आजदेखि पााच दिनसम्म यो मेलाको आयोजना गरिएको हिमाञ्चल उच्च मावि नागीका शिक्षक कृष्ण पुनले जानकारी दिए । जिल्लाको राम्चे गाविसको नागीमा रहेको हिमाञ्चल उच्चमावि र पाउद्वारमा रहेको पाउद्वार माविले विद्यालयको विविध खर्च जुटाउनका लागि संयुक्त रूपमा चौंरीगाई पालन गरी वर्षेनी चौरीको आलो रगत पिउने मेलाको आयोजना गर्दै आएका छन् ।

चैत र असार साउनमा गरी दुई पटक आयोजना गरीने उक्त मेलाको अवसरमा अहिले खोप्रालेकमा १ सय ५० वटा चौंरी रहेको जनाइएको छ । २०५३ सालदेखि सुरु गरिएको यो मेला वर्षको दुईपटक हुने गर्दछ । अहिले चौरीको आलो रगतको प्रति एक गिलास रगतको रु ६० लिने गरिएको छ । मेलाबाट दुई लाख आम्दानी हुने अनुमान गरिएको संयुक्त चौरीपालन समितिका सदस्य भीमबहादुर तिलिजाले जानकारी बताए ।

चौरीको रगत पिउादा हुने फाइदाको बैज्ञानिक रुपमा प्रमाणित नभएको भएपनि विशेषगरी ग्यास्ट्रिक, गानोगोला, यौन दुर्बलता, रक्तचाप लगायतका समस्या भएको व्यक्तिका लागि चौंरीगाईको आलो रगत लाभदायी हुने विश्वास गरीन्छ ।

ENTSEC

भिडियो समाचार
सेलिब्रेटीसँग गफगाफ
नयाँ लोक दोहोरी गीतहरु
मनोरन्जन
टक शो
 
Related Posts Plugin for WordPress, Blogger...