नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

बिदेशबाट श्रीमानले ल्याएको धनमाल लिएर अर्कैसँग भाग्ने महिलाबाट प्रहरिले धनमाल फिर्ता गरायो

Posted By Admin on Tuesday, July 10, 2012 | 2:10:00 PM



पर्वत असार २५ । केहि दिन पहिले कुस्मा सदरमुकामदेखी श्रीमानको ६ लाख नगद र ६ तोला सुन लिएर अर्कै केटोसंग भागेकी पर्वत दुर्लुङकी एक महिलाले आईतबार राति सबै धनमाल फिर्ता गरेकी छिन् । प्रहरीको पहलमा पुराना र नयाँ श्रीमान तर्फका आफन्त बसेर गहना र नगद फिर्ता गरेका हुन् ।
पर्वत दुर्लुङ वडा नं ५ की बर्ष १८ की गंगा शर्माले आफना श्रीमान चुडामणि शर्माले बैदेशिक रोजगारीबाट केहि दिन पहिलेमात्रै घरमा कमाई ल्याएको नगद रु ६ लाख र ६ तोला सुन आफुसैग राखी सदरमुकाम स्थित बैँकमा राख्न सासू र श्रीमानसंग कुस्मा आएको मौकामा निज गंगाले ट्वाईलेट जान्छु भनेर नजिकैको पसलमा पसेर उतैबाट भागेको बताईन्छ ।
धेरैबेर सम्म नआएपछि खोजविन गर्दा निज गंगा पसलबाट निस्कने बेला आँखामा कालो चस्मा र पाईन्ट लगाएर पहिरन फेरी निस्किएर आफनो नाठोसंग पोखरा गएकी थिईन् । उनिहरुलाई पोखरामा प्रहरीले पक्राउ गरी पर्वत ल्याएको थियो ।
श्रीमान बिदेश भएको बेला कास्की घान्द्रुक गाविस ७ घर भै नया पुल बस्दै आएका प्रेम बहादुर सार्कीसंग प्रेममा फसेकी गंगाले लोग्नेले ल्याएको सबै धनमाल लिएर निज सार्कीसंगै गत असार १२ गते पोखरा भागेकी थिईन् ।
-धौलाश्रीबाट

ENTSEC

भिडियो समाचार
सेलिब्रेटीसँग गफगाफ
नयाँ लोक दोहोरी गीतहरु
मनोरन्जन
टक शो
 
Related Posts Plugin for WordPress, Blogger...