नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

लगातारको बर्षाले दर्जनौं सडकमा यातायात ठप्प

Posted By Admin on Monday, July 9, 2012 | 8:23:00 PM



गुल्मी असार २४/ तिन दिन देखि लगातारको बर्षाका कारण जिल्लाका दर्जन भन्दा बढी सडकहरुमा यातायात ठप्प भएको छ ।
जिल्लामै सबैभन्दा बढी यातायातका सवारी साधन चल्ने रिडी रुद्रवेणी वामीटक्सार र शान्तिपुर सडक शुक्रवार देखि बन्द भएको छ । जोहा· प्रहरी चौकीका अनुसार अस्लेवाको कमेरेपानी र ग्वादीको साघुरेमा गएको पहिरोले दुवै तर्फका सवारी साधन बन्द भएका छन् । सडकमा मोटरसाईकल समेत चल्न नसक्ने भएकाल खुलाउन समय लाग्ने चौकीले जनाएको छ ।
रिडी रुद्रवेणी शान्तिपुर सडक खण्डमै पर्ने नादेवा, लुम्दी, जुम्दी, भार्से,हरेवा खोला बढेपछि यातायात अवरुद्ध भएको छ । त्यस्तै हुग्दी खोलामा बाढी आएपछि वामीटक्सार सडकखण्ड एक साता देखि नै बन्द भएको छ । जिल्लाको निर्वाचन क्षेत्र नं. १ र बाग्लु·का समेत एक दर्जन बढी गाविसमा खाध्यान्न ढुवानी हुने जिल्लाकै महत्वपूर्ण सडक बन्द भएपछि खाध्यान्न ढुवानी समेत प्रभावित भएको छ । रिडी रुद्रवेणी वामीटक्सार सडक खण्डमा यात्रु ओसारपसार र खाध्यान्न ढुवानीका लागि गरी दैनिक १ सय ३० भन्दा बढी सवारी साधनहरु ओहोरदोहोर गर्ने गर्दछन् ।
त्यस्तै जिल्लाको पश्चिमी क्षेत्रमा सवारी संचालन हुने तम्घास, सिमलटारी, तम्घास पुर्कोटदह, तम्घास नेटा दर्लिङ्ग सडक खण्ड पनि बन्द भएको छ । पनाहा खोला बढेपछि पुर्कोटदहसम्म सवारी चल्न सकेको छैन् । त्यस्तै निस्ती खोलामा आएको बाढीका कारण जिल्लाकै दुर्गम क्षेत्र नेटा दर्लिङ्ग सम्म चल्ने सवारी साधन समेत तिन दिनदेखि ठप्प भएका छन् ।
आयातित खाध्यान्नमा निर्भर हुने जिल्लाका चार दर्जन बढी गाविसमा सवारी साधन ठप्प भएपछि खाध्यान्न ढुवानीमा समस्या थपिएको व्यवसायीहरुको गुनासो छ । अधिकांश सडकमा ठुला ठाढा खोलाहरु पर्ने गरेकाले पानी रोकिएपनि खाध्यान्न ढुवानीमा समस्या हुने गरेको छ । अब दशैं अगाडी खाध्यान्न ढुवानी गर्न सक्ने अवस्था नै छैन’, दुर्गम हृवाङ्दीका व्यवसायी हरी अर्यालले भने, अब यस क्षेत्रमा खाध्यान्न देखि प्याकेजिङ्ग फुडहरुको समेत मुल्य बढ्ने गर्दछ ।’
खोलाहरु बढेर सडक अवरुद्ध भएपछि दुर्गम क्षेत्रका सर्वसाधरणहरु सदरमुकाम आउन समेत दुर्इ दिन लाग्ने गर्दछ । खोलाकै कारण सडकहरु अवरुद्ध हुदा वर्षातको तिन महिना बिरामी, सुत्केरी र बृद्धबृद्धाहरु बढी प्रभावित हुने गरेका छन् ।
-नयाँभावना दैनिक

ENTSEC

भिडियो समाचार
सेलिब्रेटीसँग गफगाफ
नयाँ लोक दोहोरी गीतहरु
मनोरन्जन
टक शो
 
Related Posts Plugin for WordPress, Blogger...