नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

एउटै खसी एकसय ७० किलो !

Posted By Admin on Wednesday, August 1, 2012 | 11:04:00 AM



१७ साउन, तनहुँ । आम्मै कति ठूलो खसी, कहाँबाट ल्याउनुभएको हो, कति किलोको छ, घाँस र दाना कति खुवाउनुपर्छ, कति समयमा यत्रो भयो, कसरी चराउन लैजानुहुन्छ ? आजकल तनहँ स्याम्घा गाविस-९ अम्रेनीनिवासी ५१ बर्षका सूर्यभक्त भण्डारीलाई यी र यस्तै प्रश्नको जवाफ दिन भ्याइ नभ्याई हुन्छ ।

आफुले पालेको एकसय ७० किलोको खसी हेर्न जानेले राखेको प्रश्नको उत्तर दिन किसान भण्डारीलाई भ्याइनभ्याइ हुने गरेको हो । त्यही खसीसँगै उनले पालेको अर्को खसीपनि एकसय २५ किलोको छ ।

नेपालमा यतिको ठूलो खसी नदेखेको हेर्न जानेहरुले बताउँदै आएका छन् । ती दुइटै बिटल र स्थानिय खरी जातको क्रसबाट जन्मिएका बोकालाई खसी पारिएको हो । ठूलो खसी चारबर्ष आठ महिना र सानो चारबर्ष पाँच महिनामा त्यति तौलको भएको जानकारी भण्डारीले दिएको खबर अन्नपूर्ण पोष्ट दैनिकले खबर छापेको छ ।

भण्डारीले रिसिङ पाटनस्थित विष्णुकमल गैरेको घरबाट ठूलो खसी १९ हजार र सानो खसी बुढाकोटबा १५ हजारमा किनेर ल्याएका हुन् । पहिले ल्याउँदा ठूलो खसी १८ धार्नी र सानो १४ धार्नीकोमात्रै थिए ।
-अन्लाईन खबर डट कम

ENTSEC

भिडियो समाचार
सेलिब्रेटीसँग गफगाफ
नयाँ लोक दोहोरी गीतहरु
मनोरन्जन
टक शो
 
Related Posts Plugin for WordPress, Blogger...