नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

रक्सी खाएर सेनाका जवानले हाँकेको मोटरसाईकलले पैदल यात्रुलाई ठक्कर दियो

Posted By Admin on Thursday, August 2, 2012 | 7:30:00 PM



सीता भण्डारी,
गुल्मी, १८ साउन । गुल्मीको कालीदत्त गुल्ममा तालीमका लागि आएका नेपाली सेनाका जवानहरुले आज मादक पदार्थ सेवनगरि मोटरसाईकल चलाउँदा एकजना व्यक्तिलाई ठक्कर दिएका छन् । उनीहरुले चलाएको मेटरसाईकलको ठक्करवाट वाटोमा हिडिरहेका तम्घास वजार निवासी समाजसेवी नन्दराम भुसाल घाईते हुनु भएको छ । घाईते भुसालको स्थानीय रेसुङ्गा हस्पिटलमा उपचार भईरहेको छ । उहाँको हात र खुट्टामा चोट लागेको छ । भे ३ प ६३८ नम्वरको निलो पल्सर मोटरसाईकलमा मादक पदार्थ सेवनगरि ३ जना सवार उक्त व्यक्तिहरुले आज दिउसो सदरमुकाम तम्घास स्थित भिमचोक नजिकै भुसाल र एउटा रोकी राखेको लु २ प ९७०० नम्बरको मोटरसाईकललाई ठक्कर दिएका थिए । यसरी मादक पदार्थ सेवन गरि मोटरसाईकलमा सवार गर्नेहरुमा हाल कालीजंग गण कपिलवस्तुमा कार्यरत बाँके कोहलपूर १ निवासी २६ वर्षीय नायक सुरेस थापा, सोही ठाउँ निवासी २४ वर्षीय विवेक कार्कि र कोहलपुर ३ निवासी विकास मल्ल रहेका छन् । उनीहरु दश हप्ताको नेपाली सेनाको आन्तरिक तालीमका लागि कालीदत्त गुल्ममा आएको वताईएको छ ।
उनीहरुलाई स्थानीयवासीले समातेर प्रहरीको जिम्मा लगाएका छन् । उनिहरुले आफुले मादक पदार्थ सेवन गरि मोटरसाईकल चलाएको स्वीकारेका छन् । ठक्करको क्रममा उनीहरु समेत सामान्य घाईते भएका छन् । यसरी मादक पदार्थ सेवनगरि सवारी  साधन चलाउने र घटना घटाउने जवानहरुलाई नेपाली सेनाको नियम भित्र रहेर जुनसुकै पनि कार्वाही गरिने कालीदत्त गुल्मका गुल्मपति मनोज थापाले वताउनु भएको छ ।

 
Related Posts Plugin for WordPress, Blogger...