नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

माछा मार्न जाने क्रममा बगेका दुई बालक मृत अवस्थामा फेला

Posted By Admin on Thursday, August 2, 2012 | 8:28:00 PM



सिता भण्डारी
गुल्मीको हस्तिचौर गाविसमा गत तीन दिन अघि खोलामा बगेर वेपत्ता भएका दुईजना बालक मृत अवस्थामा फेला परेका छन् ।
यसरी फेला पर्नेहरुमा गुल्मी हस्तिचौर गाविस ५ निवासी १२ वर्षीय दिपक बिश्वकर्मा र गुल्मी धुर्कोट गाविस निवासी १३ बर्षीय प्रकाश बिक रहेका छन् । उनीहरुको मध्य दिपकको शव वुधवार राती रातडाँडा नजिकै निस्ती खोलाको वगरमा र प्रकासको आज दिउँसो वडागाउँको दजाकोट नजिकै खोलामा फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । खोलामा माछा मार्न गएका दुवै जनालाई गत तीनदिन अघि निस्ती खोलाले बगाएर वेपत्ता वनेका थिए ।
 
Related Posts Plugin for WordPress, Blogger...