नमस्ते ! स्वागत छ गुल्मीन्युजमा !    |  मेरो बारेमाgulminews  |  गुल्मी परिचय  |  सम्पर्क
Send Us News

पहिरोमा पुरिएर एकै घरका चार जनाको मृत्यु (फोटो फिचर)

Posted By Admin on Friday, August 3, 2012 | 10:07:00 PM



जनार्दन घिमिरे
गुल्मी, १९ साउन । गुल्मीको ठूलोलुम्पेक गाविसमा अविरल वर्षाका कारण पहिरोलो घर पुरिदिँदा एकै घरका चार जनाको घटनास्थलमै मृत्यु भएको छ । ठूलो लुम्पेक गाविस २ स्थित ढुंगेचाल्ने भन्ने स्थानमा गएको पहिरोमा पुरिएर मृत्यु हुनेहरुमा घनश्याम विश्वकर्माकि ३९ वर्षीय श्रीमती भूमि विक, १३ वर्षीय छोरा उमेश विक, ११ वर्षीय छोरी मूना विक र ६ वर्षिय विपना विक रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
आज विहान ८.३० वजेको समयमा घरदेखि १२ मिटर माथिवाट खसेको पहिरोले घर वगाउँदा उनीहरुको घटना स्थलमै मृत्यु भएको हो । पहिरोमा पुरिएका ४२ वर्षीय घनश्याम विक र उनका ११ वर्षीय छोरा केशर विकलाई भने स्थानीयवासीले खनेर जिवितै उद्धार गरेको स्थानीय नेत्र रानाले जानकारी दिए । “पानी परिरहेको थियो, छोराछोरीहरुले पढ्न थालेका थिए, मैले तरकारी पकाउँदै थिए, श्रीमतीले छोरीको पेन्सिल तिर्खान थालेकि थिई, अचानक माथिवाट पहिरो खसेछ, हामीलाई घरसँगै भत्केर च्याँप्यो ,कोही पनि भाग्न सकिएन, गुहार गुहार भनेर कराए”, पहिरोमा पुरिएर जिवितै उद्धार गरि वाच्न सफल भएका घनश्यामले भने, “अव आफ्नै अगाडि आफ्ना सन्तान र परिवार गुमाएर एक्लै वस्नु पर्ने भयो, यो भन्दा वढी पीर त अरु के पो पर्छर?”
न्यून आर्थिक स्थिति भएको उक्त परिवारले विगत १५ वर्षअघिदेखि आरन पेशागरि जिविको पार्जन गर्दै आएका थिए । घटनाको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय जोहाङ्गवाट प्रहरी नायव निरिक्षक सानुकाजी विष्टको नेतृत्वमा प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । घटना स्थल सदरमुकाम तम्घासवाट १४ कोष पूर्वमा पर्दछ ।




ENTSEC

भिडियो समाचार
सेलिब्रेटीसँग गफगाफ
नयाँ लोक दोहोरी गीतहरु
मनोरन्जन
टक शो
 
Related Posts Plugin for WordPress, Blogger...