दलित वस्तीमा जाँड रक्सी झै–झगडा न्युन

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार
गुल्मी, कार्तिक–५ । केहि वर्ष अघि सम्मका दशैं तिहार लगायतका चाड पर्वहरुमा विशेषतः दलित वस्तीहरुमा व्याप्त जाँड रक्सी र झै–झगडाले अन्य समुदाय समेत आक्रन्त हुन्थे ।
दशैं भित्रिए लगत्तै कुटपिट झै झगडाका उजुरीहरु प्रहरी चौकीमा चाङका चाङ हुने गर्दथे । कसैको मुहारमा निला डाम त कसैको शरिरका विभिन्न भागमा चोटै चोट भएका घाईते र कुट्ने पक्षका मानिसहरुको प्रहरी कार्यालयहरुमा भिडम्भाड हुने गर्दथ्यो ।
तर अहिले दलित वस्तीहरुमा मनाईएको दशै शान्त , सभ्य र हाँशी खुशी भव्य भएको देख्न पाईयो । बडागाउँ ७ को दलित वस्तीमा डेक क्यासेट घन्काएर सामुहिक रुपमा दाजु भाई दिदी वहिनीहरु नाचेर दशै मनाएको देखियो । जहाँ विगतमा झगडा नहुने कुनै दशै थिएन भन्छन् त्यस गाउँका ७८ वर्षिया बृद्ध चन्द्रबहादुर सुनार ।
उनि थप्छन् –‘घर घरै जाँड रक्सीको विगविगी हुन्थ्यो । वल्लो गाउँ र पल्लो गाउँ विचमा मात्रै नभएर आफ्नै दाजु भाई र श्रीमान श्रीमति विचको कुटाकुटले गाउँमा छलफल कचेरी देखि घाईतेलाई डोलामा बोकाएर अस्पताल लैजानु पर्ने, प्रहरी चौकी धाउनु पर्ने गर्नु पर्दथ्यो चाड पर्वको बेला , तर अहिले यति शान्त संग मनाईयो कि यस्तो दशै यो उमेर सम्म मनाईएको थिएन् । ’
उनका अनुसार प्राय सधै जसो जाँड रक्सी सेवन गर्ने त्यस गाउँका गोमबहादुर सुनार , मंगल सुनार, मानबहादुर सुनार लगायत सात जनाले जाँड रक्सी चट्क्कै छाडि सकेका छन् । उनिहरुले जाँड रक्सीको सट्टा दहि मही र अन्य पेह पदार्थ लिएको देखियो ।
चाड पर्वमा झगडालु गाउँ भनेर चिनिने हस्तीचौरको दलित वस्तीहरुमा पनि यस पाली शान्ती पुर्ण दशै मनाईएको त्यहाँका दलित अगुवा श्याम विक बताउँ छन् । दोहलीको दलित वस्तीमा छन् । निकै शान्ति पुर्ण दशै मनाईएको त्यहाँका दलित अगुवा विष्णु सुनार बताउँछन् ।
क्षेत्र नम्वर ३ का प्राय सवै जसो गाविस देखि क्षेत्र नम्वर १ र २ सम्म वुझ्दा दलित वस्तुमा दशैमा हुने त्यस्तो झै झगडा प्राय नभएको बताईएको छ । जिल्ला प्रहरी कार्यालयमा बुझ्दा दशै भित्रिए देखि हाल सम्म झै झगडा कुटपिटका जम्मा ५ वटा उजुरी परेका छन् ।
ति मध्ये दलित समुदायबाट जम्मा एउटा मात्रै उजुरी परेको मुद्धा फाँटका प्रहरी सहायक निरीक्षक सत्यनारायण यादवले जानकारी दिए । उनले भने –‘विगतका दशैंका तुलनामा यो संख्या त केहि पनि होइन् , यि पाँच वटा उजुरीलाई अपराधको रुपमा लिन सकिन्न मात्र सामाजिक विकृतिका रुपमा लिन सकिन्छ ।
उनले थपे–‘ व्यक्ति स्वयमको शिक्षा सभ्यता तथा प्रहरी, सामाजिक संघ संस्था लगायत सवैको प्रयासबाट विकृति र अपराधजन्य घटना न्युनिकरण हुँदैछ यसमा मिडियाले पनि थप प्रयास गर्न जरुरी छ र गरेको पनि छ ।’
जाँड रक्सीमा मात्र होईन दलित वस्तीहरुमा खानपिनमा समेत परिवर्तन आएको पाईयो । पाडा भैसी ढलाएर दशै मान्ने चलन कम हुँदै गएको देखियो दलित बस्तीहरुमा । प्राय धेरैले खसी बोको काटेर दशै मनाएको देखियो । दोहलीका विष्णु सुनार भन्छन् –‘मासुको ( पाडा भैसी काट्ने ठाउँ ) थलामा जान स्कुल जाने छोरा छोरीहरु लजाउँछन् उनका साथीहरुले देख्छन कि भनेर त्यसैले एउटा पाठो ल्याईयो र घरै काटियो र दशै मनाईयो । ’
चाड पर्वहरुमा बाटोमा वेहोस भएर लडेको दृश्य यसपाली यो समुदायमा विरलै देखियो । समुदायगत रुपमा हिजोका जाँड रक्सी सेवन ठिक उल्टो बन्दै जाने हो कि भन्ने दृश्य कतिपय स्थानका दशै मेलाहरुले देखाएको पाईयो । वावु आमाका सामु जाँड रक्सी पिउन नमिल्ने समुदायका व्यक्तिहरु खुलेआम पिएको पाईयो ।
प्र.स.नि. यादवका अनुसार अवको जाँड रक्सी कुनै खास समुदायमा सिमित रहेन् । पाडाको मासु ग्रामिण भेगका केहि समुदाय बाहेक अधिकांस जातजातीका लागि राष्ट्रिय मासु जस्तै बन्न पुगेको शहरका भट्टी पसल र मासु पसलमा लागेको भिडले प्रष्ट पारेको हुन्छ ।
यसरी दलित वस्तीहरुमा भएको सभ्यताको विकास भनेकै शिक्षा नै हो । यसर्थ त्यतै तिर दलित वर्गको जोड जाँदै गर्दा अवका चाड पर्वहरु आम समुदायको चाड पर्व भन्दा बेग्लै र असभ्य पक्कै नहुने देखिन्छ ।

Comments

comments

Comments are closed.