मधेसी मर्चाको माग पुरा गर्ने पर्छ : कोईराला

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी , कार्तिक–७ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य शेखर कोईरालाले मधेशी मोर्चाले उठाएका मागहरु सम्वोधन गरेरै छाड्नु पर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस गुल्मीले सदरमुकाम तम्घासमा रहेको पार्टी कार्यालयमा आयोजना गरेको कार्यकता भेटघाट तथा अन्तरकृया कार्यक्रमलाई सम्वोधन गर्दै नेता कोईरालाले भने–‘ संविधान संशोधन गरेर हामीले मधेसी मोर्चाले उठाएका मागहरु हामीले सम्वोधन गर्ने पर्छ ।’shekhar-koirala

नेकपा एमालेले विरोध गर्दै आई रहेको चारवटा विषयलाई सम्वोधन गर्नु पर्ने कुरालाई जोड दिदै उनले यस भेगका पाहडी जिल्लावासीका लागि तराईका जिल्ला छुटाउन नहुने माग जायज भए पनि तत्कालिन प्रधानमन्त्री सुशिल कोईराला र एमालेका अध्यक्ष केपी ओली विच नवलपरासी देखि वर्दिया सम्म एउटै प्रदेश बनाउने सहमतिको दस्तावेज अहिले पनि संसदमा भएको खुलसा गरे ।

उनले माओवादी केन्द्र र नेकपा एमाले विच तान्डव नृत्य भएको आरोप लगाउँदै उनले तत्कालिन अवस्थामा जिल्लाका नेताहरुसंग छलफल परामर्श गर्नु त परै जाओस, केन्द्रिय समिति र सांसदहरुसंग समेत छलफल नगरी त्यस्तो विषय उठाईएको उनको भनाई थियो ।

कार्यक्रममा अर्का केन्द्रिय सदस्य आनन्दप्रसाद ढुङ्गना, नेवि संघका निर्वतमान केन्द्रिय अध्यक्ष रञ्जीत कर्ण लगायतका भातृ संगठनका अन्य केन्द्रिय नेताहरुले समेत मन्तव्य राखेका थिए । कार्यक्रमा नेपाली कांग्रेस गुल्मीका पुर्व जिल्ला अध्यक्षहरु , पुर्व पदाधिकारीहरु , महाधिवेशन प्रतिनिधीहरु , महासमिति सदस्यहरु , भातृ संगठनका नेताहरु, क्षेत्रिय समितिका सभापतिहरु र गाउँ स्तरका नेताहरुको सहभागिता रहेको थियो ।

नेपाली कांग्रेसका जिल्ला पार्टी सभापति भुवनप्रसाद श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष हरिबहादुर केसीको स्वागत मन्तव्य र सचिव खिलध्वज पन्थीको सञ्चालन रहेको थियो ।

Comments

comments

Comments are closed.