पति पत्नी एकै साथ पत्रकारिता तर्फ

  •  
  •  
  •  
  •  
  •  

प्रेम सुनार

गुल्मी, कार्तिक–७ । दलित संग घर–जाम गरेर वाल वच्चाकी आमा समेत बनेकी गुल्मी दिव्रुङ्गकी एउटी मगर समुदायकी चेली श्रीमान सहित पत्रकारिता पेशा गर्ने अठोटका साथ तालिम ल्याएकी छिन् ।

दिव्रुङ्ग गाविस वडा नम्वर ८ अर्जेवा गाउँका प्रकाश बिश्वकर्मा संग विवाह गरेकी रुपा पुन बिकले यस हप्ता पत्रकार तालिम गरेकी हुन् । उनिहरु दुवै जनाले श्री जनसेवा युवा क्लव दिव्रुङ्ग अर्जेवाले आयोजना गरेको ७ दिन पत्रकारिता तालिम लिएका हुन् ।

७ दिन सम्म संगै बसेर तालिम लिएका उनिहरु अन्तिम दिनको लिखित परिक्षामा समेत संगै बसेर परिक्षा दिएका थिए । उनिहरु दुवैले गाउँमा रहेर अलग अलग रेडियोहरुको रिर्पोटर बनेर पत्रकारको छवि बनाउने चाहना भएको बताए ।

त्यस्तै त्यस तालिमा १२ वर्षिय वालक मनसुन पुन , १४ वर्षिय वालक मनोज गौतमले समेत पत्रकारिता लिएका छन् । यसरी ४० को नेटो काटेका पाका पुरुष महिला देखि १२ वर्ष सम्मका वाल वालिकाहरुले समेत पत्रकारिताको तालिम लिनुले यस पेशा प्रति मोह बढ्दै गएको पाईएको छ ।

Comments

comments

Comments are closed.