मृगौला पीडितको उपचारका लागि सहयोग

  •  
  •  
  •  
  •  
  •  

घनश्याम गौतम

गुल्मी कात्तिक ८ । दुबै मृगौलाले काम गर्न छोडेपछि उपचार गराईरहेकी शान्तिपुर ९ की २६ वर्षकी सीता पुन मगरलाई रोजगारीका लागि कोरियामा बस्ने नेपालीले सहयोग गरेका छन् ।

सीताका श्रीमान् सन्तोष पुनका अनुसार अहिलेसम्म अप्रेशन र अन्य गरी १३ लाख रुपैंया खर्च भैसकेको छ । दुबै मृगौलाले काम नगरेकोले सीताको दिदीले दिएपछि अहिले शल्यक्रिया गरी एक मृगौला राखिएको हो । रोजगारीका लागि दक्षिण कोरिया पुगेका नेपालीहरुले चन्द्रकोट सेवा समाजको पहलमा संकलन गरेको १ लाख ६१ हजार रुपैंया हस्तान्तरण गरिएको संकलनकर्ता खेमु केसीले बताए । सहयोग रकम उनको उपचार भैरहेको शिक्षण अस्पताल महाराजगंजमै पुगेर हरी थापा, सन्तोष खत्री, शिव थापाले हस्तान्तरण गरेका थिए । समाजले यस अघि पनि समाजिक काम र पीडितको उपचारका लागि सहयोग गर्दै आएको छ ।

सीताको उपचार सहयोगका लागि यस अघि उनकै गाउ“ शान्तिपुरबासीबाट संकलन भएको झण्डै २ लाख, सदरमुकाम तम्घासबाट १ लाख र हङकङबाट ३ लाख रुपैंया सहयोग भएको श्रीमान् पुनले बताए । ‘शल्यक्रिया गरेपछि अहिले धेरै सुधार भएको छ’, उनले भने, ‘धेरैको सहयोगले ठुलो राहत मिल्यो ।’ अझै १ महिनासम्म अस्पतालमै राख्नु पर्ने र अहिले सम्मको खर्च पनि धेरै भएकाले अबको उपचारमा पनि समस्या भएको पुनले बताए ।

Comments

comments

Comments are closed.