भिडियो: गुल्मी भार्सेको मौलिक संस्कृती सहितको सोरठी

  •  
  •  
  •  
  •  
  •  

नेपाली मौलिक लोकलयमा आधारित सोरठी गीत आजभोलि लोप हुँदै गएको छ । नयाँपुस्ताले खासै चासो नदिँदा अहिले यो संस्कृती बूढापाकामै सीमित भएको छ । मौलिक सोरठी संस्कृति लोप हुँदै गएका बेला यसको प्रवद्र्धन र प्रसारमा लागेका छन् लोक गाएक प्रसाद खप्तरी मगर । वषौँ पूरानो इतिहास बोकेको मौलिक गीत सोरठी लोप हुदै गएका बेला खप्तरीे भने संस्कार जोगाउने प्रयासमा लागेका हुन् । गुल्मी जिल्लाको ऐतिहासिक गाउँ भार्से र भार्से सेरोफेरोमा रहेका मौलिक संस्कृति जगेर्ना गर्ने उद्धेश्यले स्थानीय समाजसेबी लेफ्टिनेन्ट कुल बहादुर बुढाथोकी मगरेको अगुवाइमा उनले प्रस्तुत गीत ल्याएका हुन् । कलाकार खपतरीको आफ्नै लय र शब्द संकलनमा रहेको मौलिक गीत कालीको शिर सेतीको शिर बोलको यो पहिलो बन्दना गीतमा खप्तरीसँगै चर्चित लोक तथा दोहोरी गाइका देबी घर्ती, सञ्जु थापा श्री बुढाथोकीले स्वर दिएका छन् ।
गुल्मी, पाल्पा, बाग्लुङ, म्याग्दी, स्याङ्जा लमजुङ लगाएतका सेरोफेरोमा प्रचलनका रहेको यो मौलिक संस्कृति अहिले लोपोन्मूख अबस्थामा पुगेको छ । हाम्रा धेरैजसो मौलिक संस्कृति अहिले केही जनजिब्रोमा मात्र सीमित छन् भने केही मेलापर्व, प्रर्दशनी वा समारोहमा सीमित छन् । कलाकार खप्तरीको मौलिक संस्कृति जोगाउने यो प्रयास प्रशंसनीय छ । जती सुन्यो उती सुनुँ सुनुँ लाग्ने । भिडियो पनि गज्जबको बनेको रहेछ जती हेर्यो उती हेरुँ हेरुँ लाग्ने । हेरौँ भिडियो:

Comments

comments

Comments are closed.