गुल्मीको भार्सेमा भलिबल प्रतियोगिता, जित्नेलाई रु ३३ हजार पुरस्कार

  •  
  •  
  •  
  •  
  •  

गुल्मी । गुल्मी भार्सेका युवाहरुको सक्रियतामा गठन भएको थाप्ले लालिगुराँस युवा क्लवले विगतका वर्षमा जस्तै यसपालि पनि अन्तर वाड स्तरिय भलिबल प्रतियोगिता,नृत्य प्रतियोगिता एवं विविध साँस्कृतिक कार्यक्रमको आयोजना गरेकोे छ । क्लबको २३ औँ वार्षिकोत्सवको अवसरमा यहि कार्तिक १० गते देखि सुरु हुने उक्त कार्यक्रमको सम्पुर्ण तयारि पुरा भएको क्लवका ब्यवस्थापक सुन्दर गलामीले बताए ।

गुल्मी र छिमेकी जिल्ला बागलुङका वडाहरुबाट भलिवल टोली सहभागि हुने हुदाँ यो प्रतियोगितालाइ महत्वपुर्ण रुपमा हेर्ने गरिन्छ ।
साथै विदेशीएका युवाहरु समेत चाडपर्व मनाउन फर्केको समयमा कार्यक्रम संचालन हुने हुदाँ युवाहरुमा एकता र भाइचाराको भावना विकास गर्न यसले सहयोग पुराउने क्लवका अध्यक्ष दुर्गाबहादुर गलामीले बताए ।

कार्तिक १० गते देखि १३ गते सम्म कार्यक्रम संचालन हुने संयोजक चुनप्रसाद गलामीले बताए । भविल प्रतियोगीतामा प्रथम हुने टिमले रु ३३ हजार ३ सय ३३ , शिल्ड र प्रमाण पत्र, द्धित्तिय टिमले २२ हजार २ सय २२, शिल्ड र प्रमाण पत्र, तृतिय टिमले ११ हजार १ सय ११, शिल्ड र प्रमाण पत्र आफ्नो कब्जामा पार्ने खेल संचालन समितिका अध्यक्ष खेमबहादुर बुढाथोकीले जानकारी दिए ।

यस्तै नृत्य प्रतियोगितामा प्रथम हुनेलाइ ३ हजार ३ सय ३३, द्धित्तियलाइ २ हजार २ सय बाइस, तृतियलाइ १ हजार १ सय ११ नगद पुरस्कारको ब्यवस्था रहेको छ । कार्यक्रममा मौलिक कला र संस्कृतिको जर्गेना गर्ने लक्ष्यका साथ भार्सेली ठुलो पोखरी भैलो समुहले सोरठि, कृष्ण चरित्र र सरस्वती आमा समुहले सालैजो लगाएतका प्रस्तुति दिने क्लबका सचिव होमबहादुर गलामीले बताए ।

यस्तै कार्तिक १२ गते निशुल्क स्वास्थ्य शिविर संचालन हुने बताइएको छ । कार्यक्रम सम्पन्न गर्नको लागि भार्सेबाट प्रदेश पसेका युवाहरुले विशेष आर्थिक सहयोग गरेको आयोजकले बताएका छन् भने देश भित्रबाट पनि भार्सेलीहरु कार्यक्रम सम्पन्न गर्न जुटिरहेका छन् । उक्त कार्यक्रममा बचेको रकमबाट भार्सेमा प्रतिक्षालय र भू.पु‍. पार्क निमार्ण गर्ने क्लवको योजना रहेको छ ।

Comments

comments

Comments are closed.