बडिघाट खोला लघु जलविद्युत अबरुद्ध, उपभोक्ताहरु अध्याँरोमा

  •  
  •  
  •  
  •  
  •  

कौरव खत्री
गुल्मी ९ कार्तिक – गुल्मीको बडिघाट खोला लघुजल विद्युत आयोजना तिन महिनादेखि अबरुद्ध भएको छ । तिन महिनासम्म विद्युत बन्द हुँदा त्यहाँका विद्यार्थी लगायत स्थानीय बासिन्दा मर्कामा परेका छन् ।

नेटा गाविसको वडा नं.२ बाट सञ्चालित १ सय किलोवाट क्षमता भएको उत्पादित जलविद्युत आयोजना लामो समयदेखि सूचारु नहुदा बिद्यार्थीहरुलाइै पढ्न निकै सास्ती भएको अभिभावकहरुले गुनासो गरेका छन् ।

विद्युत सेवा अबरुद्ध हुदा गुल्मी र बाग्लुङ्गका दुई गाविसका झण्डै एक हजार घरधुरीका उपभोक्क्ताहरु अध्यारोमा बस्न बाध्य भएका छन् ।

यता विद्युतको नहर निर्माण कार्य सुरु भएता पनि धेरै ठाँउमा नहर बडिघाट नदीले बगाएको हुदा निर्माण सम्पन्न हुन अझै केहि दिन लाग्ने लघुजल विद्युत आयोजनाका सदस्य इन्द्र बहादुर घर्ति जानकारी दिनुभयो ।

Comments

comments

Comments are closed.