गुल्मीको धार्मिक पर्यटन महोत्सवमा ३१ लाख रुपैँया सङ्कलन

  •  
  •  
  •  
  •  
  •  

गुल्मी, ८ कार्तिक । जिल्लाको पुर्तिघाटमा सञ्चालन भएको धार्मिक पर्यटन महोत्सवको सातौँ दिनसम्म झन्डै रु ३१ लाख सहयोग जुटेको छ । महोत्सवमा विभिन्न शीर्षकअन्तर्गत आयोजक सदस्य शुल्कमार्फत रु ११ लाख, ११ हजार, १११, दान सहयोगबाट रु ११ लाख यस्तै शान्तिकलशबाट रु ६ लाख र लक्षदीप प्रज्वलनबाट रु दुई लाख, २२ हजार गरी कुल रु ३० लाख, ३३ हजार, १११ रकम सहयोग प्राप्त भएको महोत्सवका प्रचारप्रसार संयोजक अग्निधर पराजुलीले बताए ।
महोत्सवबाट सङ्कलित रकमले पुर्तिघाटमा अत्याधुनिक सुविधा सम्पन्न अतिथि आश्रमको भवन निर्माण गर्ने लक्ष्यसहित पुर्तिघाट क्षेत्र वरिपरि रहेका धार्मिक, सांस्कृतिक र प्राकृतिक सम्पदाको संरक्षण र प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धनमा सहयोग, कालीगण्डकीको व्यापक प्रचारप्रसार गर्दै समग्र कालीगण्डकीलाई पर्यटन व्यवसायका रुपमा स्थापित गरिने छ । कात्तिक १ गतेदेखि सुरु भएको सो महोत्सव ९ गतेसम्म सञ्चालन हुने छ ।

Comments

comments

Comments are closed.