माओवादी केन्द्र दिव्रुङ्गको एकता भेला सम्पन्न

  •  
  •  
  •  
  •  
  •  

घनश्याम खरेल
गुल्मी , कार्तिक १० । नेकपा माओवादी केन्द्र गुल्मी दिब्रुङको एकता भेला सम्पन्न भएको छ । ईलाका नं. ४ का संयोजक क. युवराज खरेलको अध्यक्षता र केन्द्रिय सदस्य तथा बरिष्ठ नेता क.बाबुराम खरेल प्रमुख अतिथि एवम् गुल्मी क्षेत्र नं. १ का संयोजक क. टंक बहादुर क्षेत्री (नवीन) विशिष्ट अतिथि रहनु भएको कार्यक्रमको सहजीकरण अनेरास्वियु (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य घनश्याम खरेलले गर्नुभएको थियो ।mobadi-kendra
भेलामा अन्य पाटीबाट परित्याग गरी आउनेहरुलाई प्रमुख अतिथीले स्वागत गर्दै सदस्यता प्रदान गर्नु भएको थियो । भेलाले तपसिल अनुसारको कार्य विभाजन समेत गरेको छ । गाविस ईन्चार्ज-जगत बहादुर थापा सह-ईन्चार्ज-चेतनारायण अर्याल र जीत बहादुर बि.क. संयोजक- हिमाल पुन YCL ईन्चार्ज-सुरज खरेल सह-ईन्चार्ज- नेत्र सुनार संयोजक- हिमलाल खरेल(हेमन्त) सह-संयोजक-गंग बहादुर सुनार र हरी बहादुर थापा दलित ईन्चार्ज- जीत बहादुर बि.क. सह-ईन्चार्ज -जय बि.क. र भिम बहादुर बि.क. संयोजक- खोम बहादुर बिश्वकर्मा जनजाती संयोजक- कृष्ण बहादुर थापा सह-संयोजक- नेत्र बलाल बुद्धिजीवी संयोजक- अग्नीधर गौतम शिक्षक संयोजक-रामप्रसाद अर्याल बिद्यार्थी संयोजक- राजन सुनार रहेका छन् ।

Comments

comments

Comments are closed.