गुल्मीमा मनायो सशस्त्र प्रहरी बलले आफ्नो १६ औ बार्षिकोत्सव

  •  
  •  
  •  
  •  
  •  

सशस्त्र प्रहरी बल स्थापनाको १६औं वार्षिकोत्सव कार्यक्रम केन्द्र तथा क्षेत्रमा विविध कार्यक्रम सँगसँगै गुल्मीमा समेत मनाईएको छ । सशस्त्र प्रहरी बलको १६औं वार्षिकोत्सवको उपलक्ष्यमा सशस्त्र प्रहरी बल गुल्म, गुल्मीले समेत आन्तरिक तथा बाह्रय विविध कार्यक्रमहरु आयोजना गरि मनाईएको छ ।
वार्षिकोत्सवको उपलक्ष्यमा व्याडमिन्टन डबल्स तथा टेवल टेनिस खेलहरुको आयोजना गरिएको थियो ।
apf-gulmiब्याडमिन्टन डबल्स तर्फ दिग विजय सुवेदी र कुसुम जि.सी. को जोडी लाई २१-१८, २१-१५ र २२-२० को सोझो सेटमा देबेन्द्र बहादुर घ.म. र बसन्त चन्दको जोडीले पराजित गरी प्रथम स्थान प्राप्त गरेको र टेबल टेनिस तर्फ २१-१२, १९-२१ र २५-२३ को सेटमा नरेन्द्र बहादुर कुमालले बसन्त चन्दलाई पराजित गरी प्रथम स्थान हासिल गर्न सफल भएको गुल्मका सुचना अधिकारी सशस्त्र प्रहरी निरीक्षक देवराज मल्लले बताए ।
यसै गरी सशस्त्र प्रहरी बल गुल्म, गुल्मीले रेसुङ्गा नगरपालिका वडा नं.-१४ उर्लेनी र वडा नं.-१५ दुबिचौर बजार एरिया सर-सफाई समेत सम्पन्न गरेको छ । सो सर-सफाई कार्यक्रममा स्थानिय व्यक्तित्व, पत्रकारहरु र राजनैतिक दलका स्थानिय प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । बार्षिकोत्सवको अवसर पारेर सशस्त्र प्रहरी बलले बिभिन्न मठ-मन्दिरहरुको सर-सफाई समेत गरेको छ । उर्लेनी – दुबिचौर बिचमा रहेको झाँक्री बाबाको मन्दिर र बिश्वकर्मा मन्दिरको समेत सर-सफाई गरेको छ । स्थानिय कुल बहादुर टण्डनले डि.एस.पी. साब आफै खटिई सर-सफाई कार्य गर्नुले सशस्त्र प्रहरी बल र जनता बिच सम्बन्ध अझ मजबुत भई सुरक्षा निकाय प्रति जनमानसको बिश्वास तथा भरोसा बढेको बताउनु भयो।
आज गुल्ममा बार्षिकोत्सवको उपलक्ष्यमा आयोजित बिशेष कार्यक्रममा अमर सशस्त्र प्रहरी प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्नुका साथै खेलकुद प्रतियोगितामा बिजेता खेलाडीहरु लाई गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक दिग विजय सुवेदीले पुरस्कार तथा प्रमाण-पत्र प्रदान गर्नुभयो । साथै सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक दुर्ज कुमार राईले बार्षिकोत्सवको उपलक्ष्यमा पठाउनुभएको शुभ-कामना सन्देश पढेर सुनाईएको थियो ।
१६औ बार्षिकोत्सवले जिल्लामा शान्ति सुरक्षा कायम गर्न, बिपद् व्यवस्थापनमा अझ बढी सजग र सक्रिय भएर लागि पर्न तथा समग्र काम कार्वाहीमा दक्ष, व्यवसायीक तथा समन्वयात्मक रुपमा कार्य गरी जनताले प्रत्यक्ष अनुभुति हुने किसिमको सुरक्षाको बातावरण निर्माण गर्न प्रेरणा मिलेको कुरा गुल्मपति सशस्त्र प्रहरी नायव उपरीक्षक दिग विजय सुवेदीले बताउनुभयो ।

Comments

comments

Comments are closed.