गुल्मीमा दसैं पछी ८ सय भन्दा वढीलाई नयाँ नागरिकता

  •  
  •  
  •  
  •  
  •  

अनिल खत्री
गल्मी, ११ कात्तिक । स्वदेश तथा बिदेशबाट दशै तिहार मान्न घर आएका गुल्मेलीहरुले यति वेला नागरिकता र राहदानी लिन जिल्ला प्रशासन कार्यालय गुल्मी आए सगै दिनहु भिड लाग्ने गरेको छ ।
भिड बढे सगै कार्यालयका प्रमुख जिल्ला अधिकारी, प्रशासकीय अधिकृत सहितका कर्मचारीहरु कर्यालय समय पछी सेबा ग्रहीलाई सेवा दिनको साँझ अबेर सम्म काम गर्दै आएका छन् । प्रशासकीय अधिकृत रामचन्द्र पन्थीका अनुसार दशै पछाडी देखि हाल सम्म ८ सय ७ जनालाई नयाँ नागरिकता वितरण गरिएको बताए । त्यस्तै ४ सय २३ जनाले राहदानी दर्ता गरेका छन् ।
त्यस मध्ये केन्द्रबाट तयार भई आएका २ सय २ राहदानी वितरण गरिएको छ । सिफारिस १ सय ३१ ज्जनाको गरिएको प्रशासकीय अधिकृत पन्थीले बताए । सेवाग्राहीहरुको काम एकै दिनमा सक्ने लक्ष्य लिईएकोले साँझ अबेर सम्म काम गरेर बसिएको पन्थीका भनाइ छ ।
gulmi-parsasn-ma-vid-1jpg

Comments

comments

Comments are closed.