गुल्मीको पश्चिममा पनि थ्रीजी सञ्चालन हुदै

  •  
  •  
  •  
  •  
  •  

१२ कार्तिक, गुल्मी । यसै बर्षबाट गुल्मी जिल्लाको पश्चिम क्षेत्रका ,अर्खबाङ, छापहिले ,हवान्ङदी, दर्लिङ, नेटा ,पौदी अमराइ लगाएतका गाविसमा थ्रीजि सेवा सञ्चालन हुने भएको छ ।
सोलारको सहायताले सन्चालित नेपाल टेलिकमको टावरलाई अब बिजुलीबाट सञ्चालन गरिने र यस लगत्तै थ्रीजी सञ्चालनमा आउने छ । पटक पटक को पहल पछि र गुनासो पछि तिहार पछाडी लगत्तै बिधुत जोड्ने योजना रहेकोे छ। नेपाल बिधुत प्राधिकरण केन्द्यि कार्यालय रत्नपार्क को सहयोग र नेपाल टेलीकम केन्द्रीय कार्यालय को लगानिमा काम सुरु हुन थालेको नेपाल टेलिकमको कार्यालयले जनाएको छ ।

gulmi-photo-by-gagan

फोटो: गगन अर्याल

बिधुत जोडिए पछि छापहिले ,अर्खबाङ ,हवान्ङदी, दर्लिङ, नेटा ,पौदी अमराइ लगायत गुल्मी पश्चिम गाबिस र बाग्लुङका केहि गाविस समेत गरि हजारौ सेवाग्राहि नियमित फोन र ईन्टरनेट सेबा बाट लावान्बिद हुने भएको नेपाल टेलिकम गुल्मीका प्रमुख उमानाथ पोख्रेलले जानाकारी दिए। साथै उनले यो आर्थिक बर्षको अन्तिम सम्म थी्रजि समेत जोड्ने योजना रहेको बताए।

Comments

comments

Comments are closed.