चलिरहेको मेशिनमा बेरिएर कोरियामा एक नेपालीको निधन

  •  
  •  
  •  
  •  
  •  

विकास श्रेष्ठ
दक्षिण कोरियामा औद्योगिक दुर्घटनामा परी एक जना नेपालीको ज्यान गएको छ । ख्वङजुको उन्सङ थेसोस्थित थर्मल इन्सुलेशन कम्पनीमा कार्यरत रुपन्देही मणिग्रामका अन्दाजी उन्चालीस वर्षिय नुभराज भुषालको चलिहरेको मेशिनको मोटरमा बेरिएर ज्यान गएको हो । चलिरहेको मेशिन चेक गर्ने क्रममा आज बिहान दश बजेर पच्चिस मिनेटमा जाँदा भुषालको मोटरमा बेरिएर निधन भएको सोहि कम्पनीमा कार्यरत पोखराका देवनन्द पोखरेलले जानकारी दिएका छन् । मृतक भुषाल चार वर्ष दश महिना पुरा गरी पुनः सिबिटी मार्फत सो कम्पनीमा आएको पनि झण्डै साढे दुइ वर्ष पुरा भइसकेको पनि सहकर्मी पोखरेलले बताए । मृतक भुषालको मेकानिकल डिपार्ट अन्र्तगत मेशिन चेक गर्ने काम भएको र आज मेशिन चेक गर्ने क्रममा चलिरहेको मोटरमा बेरिन पुगेर दुःखद निधन हुन पुगेको पोखरेलले बताए ।

मृतक भुषालको शव अहिले खुवाङ थेसङ अस्पतालमा राखिएको छ । दुःखद दुर्घटना भएको उक्त कम्पनी सात जना नेपाली र अन्य विदेशी कामदार रहेका छन् । घटना पछि तत्कालै त्यस बारे राजधानी सोलस्थित नेपाली दुतावासमा जानकारी गराइएको छ । यद्यपी दुतावासले साप्ताहिक विदा भएकोले सोमबार मात्र घटनाका बारेमा जानकारी लिने र दुर्घटनास्थलमा आउन सकिने जानकारी दिएको पनि थर्मल इन्सुलेशन कम्पनीका कार्यरत नेपालीहरुले दिएका छन् । त्यस्तै घटनाका बारेमा नेपालमा रहेका मृतक भुषाका परिवारलाई जानकारी गराइएको पनि सहकर्मी पोखरेलले बताए ।nepali killed in south korea

घटनाका बारेमा दुतावासका श्रम सहचारी देवराज ढकालसँग सम्पर्क गर्दा ढकालले घटनाका बारेमा मौखिक जानकारी आएको बताए । कोरियन प्रहरीको पत्र आइसकेपछि र सोमबार मात्र दुर्घटनास्थलमा पुगेर घटनाको विस्तृत जानकारी लगायत विवरण लिने काम हुने ढकालले बताए । उनले नेपालमा शव पठाउन मृतकका परिवारले परराष्ट्र मन्त्रालय मार्फत शव बुझ्ने आधिकारिक व्याक्तिको पत्र आइसकेपछि प्रक्रिया अगाडि बढ्ने जानकारी दिए । नेपालमा दोश्रो ठुलो चाड तिहार परेकोले शव पठाउने प्रक्रिया केहि ढिलाई हुन सक्ने ढकालले बताए ।

यसैबीच औद्योगिक दुर्घटनामा ज्यान गुमाएका मृतक भुषाल विवाहित रहेको र नेपालमा श्रीमती, दुइ छोरीहरुका साथ परिवार रहेको बुझिएको छ ।
समाचार तथा तस्बिर स्रोत: हेल्लो नेपाल कोरिया डट कम

Comments

comments

Comments are closed.