गुल्मी सेवा समाज कतारले सामाजिक सेवार्थ भैलो खेल्ने

  •  
  •  
  •  
  •  
  •  

अमृत शर्मा
१० कार्तिक, कतार । बैदेशीक रोजगारीको शिलशिलामा कतारमा रहेका गुल्मेलीहरूको साझा संस्था गुल्मी सेवा समाज कतारले देउसी भैलो खेल्ने भएको छ । “गुल्मी सेवा समाज कतारको प्रतिबद्धता, निस्वार्थ समाज सेवा आजको आवस्यकता” भन्ने मूल नाराका साथ शुभदिपावलीको अबसरमा देउसी भैलो खेल्ने भएको हो।

विगतका वर्षहरुमा जस्तै यो बर्ष पनि देउसी भैलो कार्यक्रम आयोजना गरी मारुनी नाच, सोरठी नाचठ लगायतका प्रस्तुतीहरु प्रस्तुत गरिने आयोजकले जनाएको छ ।
gulmi sewa samaj
देउसी भैलो मार्फत प्रवासमा रहेका नेपाली दाजुभाइहरूलाई स्वदेशमै रहेको झल्को मेटाइने र कार्यक्रममा संकलित रकम विभिन्न सामाजिक सेवामा खर्च गरिने समाजका उपाध्यक्ष एवम कार्यक्रम संयोजक झविन्द्र आचार्यले जानकारी दिए ।

उक्त कार्यक्रम २८ अक्टोवर २०१६ शुक्रबारका दिन कतारको नज्मा स्थित अल नक्यान रेस्टुरेन्टको सभाहलमा हुने कार्यक्रममा निशुल्क प्रबेशको ब्यवस्था गरिएको छ ।

कतारमा रहेका सम्पुर्ण नेपाली दाजुभाई, दिदिबहिनी, क्रृयाशिल संघ संस्था,राजनीतिक पार्टीका भातृ सङ्गठन, बुद्दिजिवी, व्यापारी बर्ग, पत्रकार कलाकार लगायत सम्पुर्णलाई उपस्थितीको लागि आग्रह गरिएको संयोजक सुरज विसीले आग्रह गरेका छन्।

Comments

comments

Comments are closed.