पुर्वी गुल्मीमा पुल जिर्ण, ज्यानै जोखिममा राखेर यात्रा गर्दै बिद्यार्थी र यात्रु

  •  
  •  
  •  
  •  
  •  

केदार शर्मा
गुल्मी, कार्तिक १५ । पुर्बि गुल्मिको पुर्तिघाटमा जिबन उद्धार माध्यमिक बिद्यालय नजिकै रहेको गौदि खोलाको पुल जिर्ण हुदा आवाज जावतमा समस्या भएको छ । पुलको दुबै तिरको भाग बगेपछी पुर्तिघाट गाबिसको वडा नंः २ र खडगकोट गाबिसको वडा नंः ३ जोडने गौदि खोला माथि रहेको पक्कि पुल गत असारमा आएको बाडि सँगै बगे पछि स्थानियले आँफ्नो ज्यानै जोखिममा राखेर हिन्न बाध्य भएको पुर्तिघाटका स्थानिय ब्यपारि होमनाथ शर्माले जानकारि दिएका छन ।

gulmi-purtighat-news

पुलको दुबै तिरको भाग बगेपछी

बिद्यालयको नजिकै रहेको पक्की पुलको वारि र पारि दुबै पट्टीको भाग पुरै बगाएको छ बिद्यालयमा पढन देखि दैनिक आबत जावत गर्न निकै समस्यम भएको पुर्तिघाट बजारमा रहेको बेस्ट सोसाईटि ईङलिस बोर्डिङ स्कुलकि शिक्षिका देबी ढकालले बताएकि छन । ज्यानै जोखिममा राखेर यात्रा गर्दै छिस्तीका यात्रु उक्त पुलको बाटो भएर पुर्तिघाटमा रहेको जिबन उद्धार माध्यमिक बिद्यालयमा पडन आउने छिमेकि गाबिस खडककोटका करिब ७० बिद्यार्थि र पुर्तिघाटमै रहेको बेस्ट सोसाईटि ईङलिस बोर्डिङ स्कुलमा पडन आउने करिब ५० बिद्यार्थि साथै पुर्तिघाट बजार देखि बुटवल, काठमाण्डौसँगै देशका बिभिन्न ठाँउमा पुग्ने गुल्मिको खडगकोट,छापचौर,भुर्तुङ, छिमेकि जिल्ला बागलुङको छिस्ती, जैदीका यात्रु समेत समस्यामा परेको स्थानिय शर्माले बताउनु भयो । पुल जिर्ण भएको लामो समय बितिसक्दा समेत मर्मत तथा निर्माणकालागी कसैले चासो नदेखाएको यात्रुहरुले बताएका छन् ।

purtighat-gulmi-news

ज्यानै जोखिममा राखेर यात्रा गर्दै छिस्तीका यात्रु

Comments

comments

Comments are closed.