ईलाका ४ लाई गाउँपालिका माग्दै आन्दोलनका कार्यक्रम घोषणा, जिविसमा धर्ना र चक्काजाम गर्ने

  •  
  •  
  •  
  •  
  •  

सन्जु काउछा
कार्तिक १७ । गुल्मीको ईलाका नम्बर ४ र आसपासका गाविसहरु समेटी गाउँपालिका गठन गर्न माग गर्दै तयार भएको बार्ता, समन्वय र संघर्ष समितीले पहिलो चराणको आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको छ ।
बुधवार गते रुपाकोट, तुराङ, आँपचौर, बलिथुम, जुभुङ सहित आसपासका राजनैतीक दलका प्रतिनिधीहरु, समाजसेवीहरु, बुद्दिजिवीहरु, ब्यापारिहरु र सर्वसाधारणहरुको उल्लेख्य उपस्थिती रहेको भेलाले आन्दोलनका कार्यक्रमहरु घोषणा गरेको हो । गुल्मी जिल्लामा बनेको कार्यदलले ४ नम्वर ईलाकालाई टुक्राएर त्यसको भावनात्माक, राजनैतिक, सामाजिक र धार्मिक अस्तीत्व नामेट पारिएको भन्दै बिरोध स्वरुप नारावाजी समेत गरिएको थियो ।
समितीले आन्दोलनको पहिलो चरणको कार्यक्रम अन्तर्गत भोली १८ गते स्थानिय बिकास अधिकारी समक्ष ज्ञापनपत्र पेश गर्ने, जन प्रदर्शन, नारा-जुलुस सहित शान्तिपूर्ण धर्ना दिने कार्यक्रम रहेको मजुवाबाट मानका-टिकाराम बहुमुखी क्याम्पसका सहप्राध्यापक तथा स्थानिय ब्यवसायी कमल न्यौपानेले गुल्मीन्युजलाई जानकारी दिए ।
त्यस्तै कार्तिक १९ र २० गते ईलाका नम्बर ४ र आसपासका हरेक नाकाहरुमा बिहान ६ बजे देखी बेलुका ६ बजे सम्म चक्काजाम गरिने र २० गते सम्म पनि आफ्नो माग पुरा नभए अरु थप संघर्षका कार्यक्रम सार्वजनिक गरी आन्दोलनलाई थप कडा पारीने समेत न्यौपानेले बताए ।

Comments

comments

Comments are closed.