लगतारको मदिरा सेवन पछि महिला मृत फेला

  •  
  •  
  •  
  •  
  •  

woman killed hatyaप्रेम सुनार
गुल्मी, कार्र्तिक–१८ । तिहारको चार दिन सम्म लगतार मदिरा सेवन गरे पछि भाई टिकाको दिन मृत्यु भएकी महिलाको शव आज सदरमुकाम ल्याईएको छ । गुल्मीको ठुलोलुम्पेक गाविस वडा नम्वर– १ खेदडाँडाडाकी ५४ वर्षिया तुलकुमारी फौजा मगरको आफ्नै घरमा मृत फेला परेको शव आज जिल्ला प्रहरी कार्यालय गुल्मीको टोलिले सदरमुकाम ल्याएको हो ।
उनका श्रीमान रामबहादुर फौजा र उनका छोरा नेत्रबहादुर फौजाका अनुसार ४ दिन देखि लगतार मदिर सेवान गरेर वसेकी तुलकुमारीलाई गए राती परिवारले घरको कोठामा नाक र मुखबाट तरल पदार्थ बगेको र हात खुट्टा खुम्चीएको अवस्थामा मृत फेला पारेका थिए ।
छोरा नेत्रबहादुरले आमाले कहिले लगतार एक–डेढ महिना सम्म मदिरा सेवन गर्ने त कहिले चट्ट छाड्ने गरेको बताए । मृतक महिलाका चार छोरी र एक छोरा रहेको बताईएको छ ।

यसै विच गए राती गुल्मीको पुर्कोटदहमा एक जना मदिरा सेवन गर्ने व्यक्ति विष सेवन गरी मृत्यु भएको प्रहरीले जनाएको छ । पुर्कोटदह–८ का ४१ वर्षिय दिपबहादुर ओली घरकै कोठामा विष सेवन गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । निजको शव सदरमुकाम तम्घास ल्याईदै गरेको बताईएकोले थप विवरण आउन बाँकी रहेको छ । मृतकका घरमा दुई छोरा एक श्रीमति रहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

comments

Comments are closed.