गुल्मीका गैरेले बेलायतको मेयर पदबाट दिए राजिनामा

  •  
  •  
  •  
  •  
  •  

कार्तिक १८, २०७३ । बेलायतकै पहिलो नेपाली मुलका मेयर बनेका गुल्मीका शंकर गैरेले काउन्सिलबाटै ‘असहयोग र षडयन्त्र’ भएको भन्दै राजिनामा दिएका छन् । गैरेले आफूलाई असफल गराउने षडयन्त्र भएको भन्दै सोमबार राति दश बजे काउन्सिल बैठकसमक्ष राजिनामा दिएका हुन् । mayor shankar gaire

गुल्मी रूपाकोटका शंकर गैरे बेलायतको स्वान्ली टाउन काउन्सिल, केन्टका मेयर रहेका थिए । कन्जरभेटिभ पार्टीबाट क्राइष्ट चर्च वार्डको काउन्सिलर र पछी उपमेयर बन्नुभएका गैरे ६ महिना पहिले मेयर बनेका थिए । स्वान्ली क्षेत्रमा बसोबास गर्ने गैरे सन् १९९४ देखि बेलायतमा हुनुहुन्छ ।

बेलायतकै इतिहासमा मेयर बन्ने नेपाली मुलका पहिलो बेलायती गैरेको अझै ६ महिना कार्यकाल बाँकी थियो । घृणित राजनीतिक खेल भएको आक्षेप लगाउँदै उनले दशक यता आफू सक्रिय कन्जरभेटिभ पार्टीबाट समेत राजिनामा दिएको घोषणा गरेका छन् ।

Comments

comments

Comments are closed.