आफुहरुलाइ वामी केन्द्र नै पायक पर्ने अर्लाङ्कोटको भनाइ, अन्य ठाँउमा केन्द्र तोकिए अपायक पर्ने

  •  
  •  
  •  
  •  
  •  

अनिश शर्मा गैरे
वामी गुल्मी । ४ नम्वर ईलाका अन्तरगतका गाविस अब बन्ने गाउँपालिकाबाट अलग गराईनु हुन्न भन्ने माग गर्दै सदरमुकाम तम्घासमा आन्दोलन चलिरहेका बेला त्यस अन्तरगतका ३ वटा गाविस भने छुट्टिएर पायक पर्ने केन्द्रमा गाभिन चाहेका छन् । ति गाबिस हुन अर्लाङ्कोट, दिव्रुङ्ग र कुर्घा । सदरमुकाम तम्घासमा चलिरहेको आन्दोलनको मुख्य बिषय भनेको इलाका नम्बर ४ लाइ टुक्राउन नदिनु हो तर स्थानीय पुर्नसंरचना समन्वय समिति अर्लाङ्कोटले भने इलाका लाइ टुक्राउन नहुने भन्ने मागको बिपक्षमा देखिएको छ । आन्दोलनले मागेअनुरुप भएअनुसार अर्लाङ्कोट गाबिसलाइ वामी केन्द्र नपर्ने हुनाले अर्लाङ्कोट बासीहरु अन्य ठाँउमा केन्द्र हुँदा उनीहरुलाइ निकै टाढा हुने तथा अन्याय हुने स्थानीय पुर्नसंरचना समन्वय समितिका संयोजक रामकृष्ण कंडेलले बताउनुभयो ।
उहाँका अनुसार पहिले तोकिएका इलाका हरु अव्यवहारिक भएको हुनाले स्थानीय पुर्नसंरचना प्राविधिक समिति गुल्मीले गरेको निर्णय अनुसार जानु पर्ने उहाँको भनाइ छ । केही दिन अगाडी आएको खाका अनुसार अर्लाङ्कोट गाबिस वामी केन्द्र हुने रुद्रावति नगरपालीका भित्र परेको छ । अर्लाङ्कोटलाइ वामी बाहेक अन्य ठाँउहरुमा केन्द्र हुँदा अपायक पर्ने भन्दै अर्लाङ्कोटका स्थानीयहरुले पुर्व उल्लेखित खाका अनुसार केन्द्र तोकिनु पर्ने बताएका हुन । अर्लाङ्कोटबासीले भनेअनुसार अन्यत्र केन्द्र भएमा आफुहरु पनि आन्दोलनमा उत्रनु पर्ने बाध्यता आउने भन्दै कंडेलले यस्तो बाध्यात्मक अवस्था सिर्जना हुने अवस्था नआउने गरी काम गर्न प्राविधिक समितिलाइ आग्रह गर्नुभएको छ । साथै उहाँले जिल्लाद्धारा तयार पारिएको खाका अनुसार नै अगाडी बढिनु पर्ने अथवा सोही अनुरुप कार्यान्वयन हुनुपर्ने बताउनुभएको छ । जिल्ला स्थित राजनीतिक दल तथा स्थानीय बिकास अधिकारी लगायतको समितिले गुल्मीमा २ नगरापलीका र १० गाँउपालीका गरी १२ स्थानीय निकायको टुगो लगाएको थियो ।

Comments

comments

Comments are closed.