सरकार जेष्ट नागरिक सम्मान कहाँ छ ?

  •  
  •  
  •  
  •  
  •  

टोपलाल अर्याल
गुल्मी, कार्तिक १९ गते । शुक्रबार सदरमुकाम तम्घासको लाँकुरीमञ्च बुद्धिजिवी वर्गहरुले भरिएको थियो । सवैलाई गाउँपालीकाको बिषयले तताएको बेला थियो । श्रीमतिलाई हातमा छोपेर लाँकुरी मञ्चमा देखिएका एक बृद्धबृद्धाको अवस्था धेरैलाई मतलव हुने कुरै भएन । बृद्ध श्रीमान बृद्धा श्रीमतिलाई हात डो¥याएर हिडिरहेका थिए ।toplal-aryal
उनीहरु दुवै जना राम्रो संग अडिन सक्दैनथे । अकस्मात ती बृद्धा हजुरआमा सवैको आँखा अगाडी लड्नुभयो, नाकबाट रगत बग्यो, गालामा चोट लाग्यो । म मोटरसाइकलमा बिस्तारै लाँकुरीमञ्चको तस्विर नियाल्दै थिए । त्यो तस्विर देख्ने बित्तिकै मोटरसाइकल पार्किङ्ग गरेर उनीहरु नजिक पुगे । उठाउने कोहि भएनन, म भन्दा पहिले अलि पर रहेका जिल्ला कृषी विकास कार्यालयका चेतनारायण पन्थीको साहाराले त्यी बृद्धा आमा उठ्नुभयो । बृद्धा श्रीमानको हात छोपेको भएपनि ढलफलाएको देखेर मेलै बृद्धा बुवालाई सोधे ।
बुबा कहाँ जाने हो ? उहाँले भन्नुभयो, फोक्सिङ्ग गुल्मी । अहिले कता हिड्नुभयो मैले प्रश्न गरे, बस स्टेशन उहाँले जवाफ फर्काउनुभयो । ल आउनुस मैले पु¥याउँछु भनेर दुवै जनालाई बुढाथोकी बसपार्क लगे । हजुर आमालाई पाण्डेय होटलको पिडीमा राखे । बृद्धा बुवा आफै गाडीको खोजीमा हिड्नुभयो । मैले बसपार्कबाट फोक्सिङ्ग बस नजाने थाहा पाएपछि हजुरबुवालाई भगवती मन्दिर जाँउ भने । बुवाले कुरा फेर्नुभयो र भन्नुभयो बाबु बुटवलको तामनगर जाने हो । म धेरैबेर अलमलमा परे ।
nagarikta-1त्यहि बेला सोधे तपाईहरु तम्घास किन आएको ? बुवाले श्रीमतिको नागरिता हराएकाले बनाउन आएको बताउनुभयो । बसपार्कमा गाडी र फर्कने यात्रुको चापाचापले लाँकुरीमञ्च जस्तै थियो । हिड्न लागेको बसमा बुवाले त्यी हजुरआमालाई जवरजस्त चढाएपछि म बाध्य भएर बस भित्र पसे अनि सिटको लागी सवैसंग अनुनय बिनय गरे । मेरो कुरा अर्धबैशे, युवा कसैले सुनेन, गल्लीमा बस्ने अवस्था थिएन । छुट्ने समय भएपछि बस हिड्न थाल्यो कन्डक्टर आयो । तपाईहरु कसको मान्छे हो ? कन्डक्टरले भन्यो, मैले भने मेरो मान्छे बृद्धबृद्धा बुवाआमा वुटवल पु¥याइदिनु प¥यो । तर उसलाई के मतलव तत्काल झारिदियो ।
फेरी बसपार्क अगाडीको दुकानको बेन्चमा बस्यौ । नाकबाट आएको रगत पुछिदिए अनि भने आमा भोक लागेको छ । उहाँले बिहान एक होटलमा भात खाएको बताउनुभयो । त्यतिकैमा वुटवल जान टिकट नपाएका एक जना सोहि स्थानमा भेटिए । उनले भाई मैले लैजान्छु भनेपछि म रेडियो फर्किए । buda-budiमनमा अनेक तरङ्ग आए, सोचे मेरो भोलीको अवस्था र मेरो बाबा आमा । फेरी बसपार्क नै आएँ, फोटो खिचे अनि नागरिता पनि मागे । हजुरआमाको नागरिता पनि हेरे, अनि नागरिताको पनि फोटो खिचे । उहाँहरु गुल्मी फोक्सिङ्ग ६ को हुनुहुँदो रहेछ । श्रीमान हिमलाल सापकोटा उमेरले ८० आसपास ।
बृद्धा हजुरआमा चन्द्र कुमारी सापकोटा ६७ बर्षिया । श्रीमति चन्द्र कुमारीको नागरिता हराएपछि बनाउन उहाँहरु फोक्सिङ्गबाट जिल्ला प्रसासन आउनुभएको । मैलै सोध्दै गए, बुबा छोराछोरी छैनन ? बुवाले भन्नुभयो जेठीलाई केहि भएनन, कान्छिको एउटी छोरी छे । उहाँले थप्दै जानुभयो छोरीको पनि बिहे भयो । उहाँ अहिले तामनगरमा को आफन्तको बस्ने । चन्द्र कुमारी निसन्तान रे, फोक्सिङ्गमा एक्लिै बस्दै आएको । बुवाले हजुरआमालाई पनि तामनगर लैजाने मेसो गर्नुभयो, मैले बुझे । त्यहि बेन्चमै उहाँहरुलाई बस्न भने अनि बस काउन्टर पुगे । टिकट पाउन गाह्रो थियो । एकचोटी प्रसासनको नाममा रोकिने टिकट ३÷४ दिन सम्म बुक छ भनेको सम्झन्छु । आखिर तिम्रो टिकट कसको लागी ? यस्तैको लागी त होला, प्रसासनलाई मनमनै प्रश्न गर्छु ।
naakma-chotकाउन्टरमा भरतदाई र काफ्ले दाईलाई टिकटको लागी आग्रह गरे र बृद्धबृद्धा बुवाआमाको बारेमा बुझाएँ । बस रहेन्छन् भरतदाईले एस्ट्रा बस हाल्नुभयो बुटवलको लागी । १ र २ नंम्बरको टिकट काटिदिए, लगेर बुवालाई दिएँ । हजुर आमाले सासैसासले आर्शिबाद दिनुभयो, धन्यहोस् बाबु धन्यहोस् । मैले धेरै पटक उहाँहरुलाई सोधे तामनगरको कसैको फोन नम्बर छ ? उहाँहरु संग कसैको नम्बर छैन् । उहाँहरु पुग्नुभयो वा पुग्नुभएन, घरमै हुनुहुन्छ कि सडक वा गल्लीमा मन अझै पनि भटभटाइरहेको छ ।
मैले राम्रो गरे वा गरिन तर आर्शिवाद पाएँ । मैले अरुले गरेनन भन्ने तर्क गर्न पनि खोजेको होइन् । तर सार्वजनिक स्थलमै लडादा हात नपाउनु, गाडीहरुमा अपहेलित बन्दा साथ नपाउनु, कार्यालयहरुमा तिरस्कृत हुँदा न्याय नपाउनु यस्ता सवै कुराले कहिलेकाहि झस्काउँछ । खै त उनीहरु प्रतिको आदार, सत्कार र शिष्टाचार अनि राज्यले दिएको जेष्ट नागरिक सम्मान । के हो उनीहरु प्रति राज्य, म र हाम्रो दायित्व ? र किन एक्लिन्छन् उनीहरु ।

Comments

comments

Comments are closed.